

अर्घाखाँचीमा बढे स्क्रबटाइफसका बिरामी





अर्घाखाँची । अर्घाखाँची जिल्लामा डेंगी सङ्क्रमितको संख्या ३ सय बढी पुगेको छ । जिल्लामा अहिले संक्रमित बिरामीको अस्पतालमा उपचार भइरहेको छ । कतिपयले घरमै आराम गरिरहेका छन् । अहिले सम्म ३ सय ७६ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेश पौडेलले जानकारी दिएका छन् ।
पौडेलका अनुसार जिल्लामा स्क्रब टाइफसका बिरामी २ सय ३८ पुगेका छन् । गत श्रावण देखी हाल सम्म जिल्लामा २ सय ३८ जनामा स्क्रब टाइफस देखा परेको हो । यो वर्ष जिल्लामा डेंगी भन्दा स्क्रब टाइफस बढि संक्रमण देखीएको जनस्वास्थ्य निरीक्षक पौडेलको भनाइ छ ।
स्क्रब टाइफसको संका लागेमा तुरुन्तै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा सम्पर्क गरी उपचार गर्न पौडेलको आग्रह छ । “समयमै स्क्रब टाइफस भएको पत्ता लागेमा सहजै उपचार सम्भव छ ।” उनले भने “समयमै पहिचान भई उपचार नभएको खण्डमा मस्तिष्क, कलेजो, फोक्सो, आदिको संक्रमण भई बिरामीको मृत्यु हुन पनि सक्छ, सजग हुनु पर्छ ।”
“स्क्रब टाइफस हुँदा उच्च ज्वरो आउने, आँखा रातो हुने, टोकेको ठाउँमा कहिलेकाहीँ धेरै दुख्ने, शरीरमा कालो दाग देखिने, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, खोकी लाग्ने, वान्ता आउने, पेट दुख्ने, श्वास प्रश्वासमा समस्या हुने, पखाला लाग्ने लगाएका लक्षणहरू देखीन्छन् ।” पौडेलले भने ।
स्क्रब टाइफस संक्रमण हुनबाट जोगिन मुख्यतः किर्नाको टोकाइबाट जोगिनु पर्ने पौडेलको सुझाव छ । पौडेलले किर्नाको टोकाइबाट जोगिनका लागि खेतबारी, बन, झाडीहरूमा काम गर्न जाँदा जुत्ता लगाउने, शरीरको खुल्ला भागमा मलम लगाउने, लामो बाहुला भएको कपडा लगाउन सुझाउँछन् ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया