

दोस्रो मोतिपुर फुलबारी कप : एपिएफ चन्द्रौटा र एनएसवाईसी चौवाह सेमिफाइनल प्रवेश





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ७ मोतिपुरमा जारी दोस्रो फुलबारी कप फुटबलमा बिहिबार आजदेखि क्वाटरफाइनलका खेल सुरु भएका छन् ।
मोतिपुर प्रगतिशिल युवा क्लवले आयोजना गरेको दोस्रो मोतिपुर फुलबारी कपको बिहिबार सम्पन्न पहिलो क्वाटर फाइनलमा वाणगंगा स्पोर्टस एण्ड वेयलफेयरलाई पेनाल्टि सुट आउटमा हराउँदै एपि एफ चन्द्रौटा विजयी भएको छ । निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीबाट गोलरिहत बराबरीमा खेल सकिएपछि खेल ट्राइबे्रेकरमा गएको थियो । पेनाल्टिमा वेलफेर बिरुद्ध एपिएफले ४–२ गोलको जित निकालेको हो ।
यस्तै आजै भएको दोस्रो क्वाटर फाइनलको खेलमा एनएस वाइ सि चौवाह र पारिजात पब्लिक स्कुल गोरुसिँगेले खेलेका छन् । उक्त खेलमा गोरुसिँगे बिरुद्ध एनएस वाई सी चावाह ५–० ले विजयी भएको छ ।
आजको खेलबाट दुबै टिम सेमिफाइन प्रवेश गरेका छन् । अब भोलि शुक्रबार हरैया एफसी र लव नेपाल पिपरा बिच पहिलो खेल हुने छ भने सेमिफानल प्रवेशका लागि दोस्रो खेल जागृति युथ क्लव चन्द्रौटा र ब्रोदर एफसी चप्परगाउँ बीच हुने आयाजक क्वलका अध्यक्ष शंकर प्रसाद न्यौपानेले जानकारी दिएका छन् ।
असोज २० देखि जारी प्रतियोगितामा १६ टिम दर्ता भएका थिए । प्रतियोगिताको फाइनल असोज ३० गते हुने छ ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया