

बुटवल उवासंघ अधिवेशन : हरि अर्याल प्यानल विजयी





बुटवल । बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्यालको प्यानल विजयी भएको छ । संघको २५ औं अधिवेशनअन्तर्गत भएको निर्वाचनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।
१५०६ मत खसेको मध्ये अर्यालले ७७६ मत प्राप्त गर्दा श्रेष्ठले ६८९ मत प्राप्त गरे । अर्याल र श्रेष्ठ दुवै कांग्रेस निकट व्यवसायी हुन् ।
७ जना पदाधिकारीका लागि भएको निर्वाचनमा सचिव वाहेक सबै पदमा अर्याल प्यानलले जितेको छ । उद्योग उपाध्यक्षमा ७७८ मत ल्याएर सुरज भट्टराई विजयी भएका छन् । भट्टराई नेकपा एमाले निकट हुन् । उनका प्रतिस्पर्धी नवीनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गरे ।
महासचिवमा मुक्तिप्रसाद अधिकारी ७६० मतका साथ विजयी हुँदा प्रतिस्पर्धी बाबुराम विकले ६९८ मत पाए ।कोषाध्यक्षमा ८०९ मतका साथ वसन्तप्रसाद ढकाल विजयी हुँदा प्रतिस्पर्धी प्रकाशकुमार श्रेष्ठले ६४४ मत पाए ।सचिवमा अर्याल प्यानलका भेषराज गैरेलाई पराजित गर्दै श्रेष्ठ प्यानलका प्रतिक पोखरेल ७२३ मत ल्याएर विजयी भए । गैरेले ७०७ मत पाए ।
सहकोषाध्यक्षमा ८३० मतका साथ धनकुमारी खनाल विजयी हुँदा प्रतिस्पर्धी जाकिर हुसेनले ६३३ मत पाए ।एशोसियट सदस्यमा भने श्रेष्ठ प्यानलबाट बालकृष्ण पौडेल ७५१ मतका साथ विजयी भए ।
सदस्यहरुमा उद्योग तर्फ दिपक प्रसाद चापागाई, कृष्णप्रसाद पाण्डे, निर्मित कसजु र सुनिता शर्मा बन्जाडे विजयी भएका छन् भने वाणिज्यतर्फ सदस्यहरुमा गणेश प्रसाद भट्टराई, काशीराम शर्मा, रामबहादुर भण्डारी र टिकाराम बन्जाडे विजयी भएका छन् ।
खुल्ला सदस्यमा विष्णु घिमिरे पन्त, विष्णु प्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ विजयी भएका छन् ।
७० वर्ष लामो इतिहास भएको संघमा हालसम्म दुई कार्यकाल वाहेक अन्य सबै अधिवेशनमा कांग्रेस निकट नेवार समुदायका व्यवसायीले मात्रै जित्दै आएका थिए ।
यसपटक अध्यक्षका दुवै उम्मेदवार नेपाली कांग्रेस निकट थिए । अर्याललाई पार्टीभित्रको संस्थापन पक्षको र श्रेष्ठलाई संस्थापनइतरको समर्थन रहेको थियो । अर्यालले नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीलगायतका दल निकट व्यवसायीलाई समेटेर प्यानल बनाएका थिए ।संघमा एक हजार ७७८ मतदाता रहेका छन् ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया