

दोस्रो मोतिपुर फुलबारी कप : एपिएफ चन्द्रौटा र हरैया एफसीको जित

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुरमा जारी दोस्रो फुलबारी कप फुटबलको आज सम्पन्न दुई खेलमा एपिएफ चन्द्रौटा र हरैया एफसीले बिजयी सुरुवात गरेका छन ।
मोतिपुर फुलबारी मैदानमा भएको आजको पहिलो खेलमा फ्रिडम फाउण्डेसन नेपाल लाई ३–१ गोलले हराउँदै एपिएफ विजयी भएको हो । यस्तै आजै भएको दोस्रो खेलमा १–० गोल अन्तरले हरैया एफसी विजयी भएको छ ।
मोतिपुर प्रगतिशिल युवा क्लवको आयोजनामा शनिबार देखि सुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका १६ वटा टिम सहभागि छन ।
उक्त प्रतियोगिताको विजेताले नगद ८१ हजार १ सय ११ रुपँैयासहित गोल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ भने प्रतियोगिताको द्धितीय बिजेताले ३५ हजार १ सय ११ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।बिजया दशमीको अवसरमा यही असोज २० गतेदेखि ३० गतेसम्म फूलबारी खेल मैदानमा उक्त प्रतियोगिता संचालनमा आएको हो ।
यस्तै भोली पनि दुईवटा खेल हुने जनाइएको छ । सोमबारको पहिलो खेल पारिजात पप्लिक स्कुल गोरुसिङ्गे र शान्तिदीप युवा कल्ब वीच दिउसो २ बजेबाट सुरु हुने छ भने दोस्रो खेल लभ नेपाल, पिपरा र युनाईटेड फुटबल क्लब पडेरिया बिच हुने आयोजक क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपानेले जानकारी दिएका छन ।


खबर सबै
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया