
नव प्रभात भलवाडको २० औं वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित नव प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
आयव्यय खर्च घटाउने र बचत गर्ने बानी बसाल्ने भन्ने मुख्य नाराका साथ बक्सिसपुरमा सम्पन्न साधरणसभामा संस्थाका सचिव दीपककुमार कुँवरले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९÷८० मा ४९ करोड ७४ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको जानकारी दिनुभयो । यस्तै लेखा समितिका संयोजक लालमणि अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट ऋणी, उत्कृष्ट बालबचत, एकल महिला बचत, ज्येष्ठ नागरिक बचत, ५० हजार शेयर रकम जम्मा गर्ने शेयर सदस्य, उत्कृष्ट बचतकर्ता गरी १५ जनालाई सम्मानित समेत गरिएको छ ।
संस्थाका अध्यक्ष वसन्त खनाल्ले संस्थाको आगामी आर्थिक वर्षको कार्यक्रमको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै क्षमता अभिवृद्धिका लागि संस्थाका सीमित शेयर सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम उपलब्ध गराइने बताउनुभयो । यस्तै संस्थालाई व्यवसायमा थप प्रभावकारी बनाउन मोबाइल बैंकिङ सेवालाई सुव्यवस्थित बनाइने समेत जानकरी दिनुभयो ।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष धुर्व बेलबासे, भालवड स्वास्थ्य चौकीका प्रमुख जीत विकास रायमाझी, संस्थापक अध्यक्ष टिकाराम पौडेल, पूर्व अध्यक्ष भुवनेश्वर पौडेल, वडा सदस्य चुरामणी अर्याल, जग्गदता कुमार मधु बेलबासे लगाएतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले संस्थालाई चलायमान बनाउन नियमित बचत गर्नुपर्ने भन्दै आम्दानीको श्रोत बढाउन सहकारीका सदस्यहरुलाई आग्रह गर्नुभयो । यस्तै उहाँले सहकारीबाट हुने ऋणको प्रवाह घटाएर आयआर्जन उत्पादनलाई प्राथमिकता दिनुपर्ने सुझाव समेत दिनुभएको छ ।
संस्थाका अध्यक्ष वसन्त खनालको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने सचिव दिपककुमार कुवँरले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । नव प्रभात बचत तथा ऋण सहकारी संस्था वडा नम्बर ९ मा बलियो संस्थाका रुपमा परिचित छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया