

दोस्रो मोतिपुर फुलबारी कपको उद्घाटन, पहिलो खेलमा वेलफेयर बिजयी


कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मा आज शनिबार देखि दोस्रो मोतिपुर फुलबारीकप फुटलब २०८० सुरु भएको छ । मोतिपुर प्रगतिशिल युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिताको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले खेल र खेलाडीले राष्ट्र चिनाउने काम गरिरहेकाले यहाँको यो प्रतियोगिताले पनि केही नयाँ सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले खेललाई अनुशासित र सम्यम भएर खेलाडीहरुले प्रर्दशन गर्ने विश्वास व्यक्त गर्दै उहाँले यहाँका युवा खेलाडिहरुको प्रतिभा राष्ट्रिय स्तरमा पुग्ने र त्यसका लागि अनुशासित खेल आवश्यक रहेको पनि बताउनुभयो ।
यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले खेल्ले नागरिकलाई मनोरञ्जन सँगै तन्दुरुस्ति पनि प्रदान गर्ने भएकाले खेल्लाई सम्यमताका साथ प्रयोग गर्नुपर्ने बताउनुभयो । यहाँका खेलाडीको स्तर बृद्धि र क्षमता विकासमा सबैको सहयोग आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी, वडा नम्बर ९ का पूर्व वडा अध्यक्ष धुव्र बेल्वासे, फुलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरी लगाएतको आतिथ्यता रहेको थियो ।
मोतिपुर प्रगतीशिल युवा क्लवका अध्यक्ष शंकर प्रसाद आचार्यको अध्यक्षतामा अयोजित कार्यक्रम संचारकर्मी राजेन्द्र खनालको संचालनमा सम्पन्न भएको हो ।

यसैबिच दोस्रो फुलबारी कप फुटबलको उद्घाटन खेलामा बाणगंगा वेलफेर एण्ड स्पोर्ट क्लव बिजयी भएको छ । आयोजक मोतिपुर प्रगतिशिल युवा क्लवसँगको खेलमा निर्धारित ९० मिनेटमा १–१ को बराबरी पछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टीमा वेलफेयरले मोतिपुर बिरुद्ध ४–२ को गोलसहित बिजयी भएको छ ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया