

दोस्रो मोतिपुर फूलबारी कप भोलि देखि, उद्घाटन सासंद अधिकारीले गर्ने


कपिलवस्तु । खेल खेलौं स्वस्थ्य रहौं भन्ने मूल नाराका साथ कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुरमा भोलि देखि दोस्रो फुलबारी कप फुटबल संचालन हुने भएको छ । उक्त प्रतियोगिताको कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले उद्घाटन गर्ने क्वलका अध्यक्ष शंकर प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
बाणगंगा ७ मा रहेको मोतिपुर प्रगतीशिल युवा क्लवको आयोजनामा बिजया दशमीको अवसरमा यही असोज २० गतेदेखि ३० गतेसम्म फूलबारी खेल मैदानमा आयोजना हुने दोस्रो फूलबारी कप २०८० नक आउट फुटबल प्रतियोगिताको सबै तयारी सकिएको जनाइएको छ ।
शनिबार भोलि दिउसो १ बजे उद्घाटन हुने प्रतियोगितामा सहभागि हुन विभिन्न १६ वटा क्वलले टिम दर्ता गराएका छन् ।
दोस्रो फूलबारी कप २०८० नक आउट फुटबल प्रतियोगितामा बिजेता हुने प्रथमले ८१ हजार १ सय ११ रुपँैयासहित गोल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ भने प्रतियोगिताको द्धितीय बिजेताले ३५ हजार १ सय ११ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
हरेक वर्ष बिजया दशमीको अवसरमा फूलबारी कप नक आउट फुटबल प्रतियोगिता गर्दै आएको क्लवका अध्यक्ष न्यौपानेले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोतिपुर प्रगतिशिल युवा क्लव र बाणगंगा स्पोर्टश एण्ड वेलफेर बिच हुने आयोजक क्लवले जानकारी दिएको छ ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया