

नेपालगन्जमा दिनभर निषेधाज्ञा, रातभर कर्फ्यु


बाँके । बाँकेको नेपालगन्जमा सम्प्रदायिकता भड्किन सक्ने जोखिम बढेपछि शुक्रबार पनि निषेधाज्ञा तथा कफर््यु जारी राखिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार पनि राति ८ बजेदेखि शनिबार बिहान ६ बजे सम्म कर्फ्यु यथावत रहने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको निषेधाज्ञा कर्फ्यु सम्बन्धी सूचनामा दिनभर नेपालगन्ज खुल्ला रहने तर निषेधित क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस र पर्दशन गर्न नपाइने, पाँच जना एक ठाउँमा भेला हुन पनि नपाइने प्रशासनले जनाएको छ । ।
शुक्रबार बिहान ६ बजेदेखि साँझ ८ बजे सम्मका लागि कर्फ्यु हटाइएको छ । कर्फ्यु हटाइए पनि निषेधाज्ञा जारी रहको छ । यो अवधीमा कुनै पनि ¥याली, सभा, सम्मेलन गर्न र भीड जम्मा गर्न नपाइने प्रशासनले जनाएको छ ।
बिहीबार बिहान ८ बजे सुरक्षा समितिको बैठकले बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु कायम गरेको थियो । कर्फ्युलाई विस्तारै खुकुलो बनाउँदै हटाउन सर्वदलीय सर्वपक्षीय बैठकले सुरक्षा समितिलाई अनुरोध गरिसकेको छ ।
नेपालगन्जका चोकचोकमा प्रहरी तैनाथ छन् ।
गत मंगलबार दिउँसो १ बजेदेखि यहाँ कर्फ्यु लगाइएको हो ।सामाजिक सञ्जालमा लेखिएको स्टाटसका कारण दुई समुदायबीच तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया