

एसियन गेम : भारतको भन्दा नेपालको छक्का धेरै


एसियन गेमको क्वार्टरफाइनलमा सानदार ब्याटिङ गर्दा पराजित भए पनि नेपालले भारतको भन्दा बढी छक्का प्रहार गरेको छ । २० ओभरमा भारतले ४ विकेटको क्षतिमा २०२ रन बनाएर नेपाललाई लक्ष्य दिएको थियो ।
विश्व नम्बर एक टोलीविरुद्ध नेपालले २०३ रन पछ्याउँदा भारतको भन्दा बढी छक्का प्रहार गरेको हो । २०३ रनको लक्ष्य पछ्याउँदा नेपालले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १७९ रन बनाएर २३ रनको पराजय बेहोर्यो ।
यस क्रममा नेपालले भारतविरुद्ध १४ छक्का र ११ चौका प्रहार गरेको छ । भारतले १२ वटा छक्का र १७ चौका प्रहार गर्यो ।
नेपालले भारतको भन्दा २ वटा छक्का बढी हान्यो । यस्तै भारतले नेपालको भन्दा ६ वटा बढी चौका प्रहार गरेको थियो ।
नेपालका लागि दीपेन्द्रसिं ऐरीले १५ बलमा ३२ रन बनाउँदा ४ छक्का प्रहार गरे । यस क्रममा उनले एउटा पनि चौका प्रहार गरेनन् ।
सन्दीप जोराले १२ बलमा २९ रन बनाउँदा तीन छक्का र एक चौका प्रहार हाने । करण केसीले १३ बलमा १८ रन प्रहार गर्दा २ छक्का र १ चौका प्रहार गरे । कुशल भुर्तेल, आसिफ शेख र सोमपाल कामीले एक एक छक्का प्रहार गरे ।
नेपालविरुद्ध शतक हानेका यजस्वी जैसवालले ७ छक्का र ८ वटा चौका प्रहार गरे । रिन्कु सिंहले ४ छक्का र शिवम दुवेले एक छक्का प्रहार गरे ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया