

वाणिज्य बैंकलाई झैं निगमको पुँजी थप्न सुझाव



नेपाल वायुसेवा निगमलाई उकास्नका लागि सरकारले पुँजी थपी आवश्यक मात्रामा जहाज थप्नुपर्ने आवश्यकता वोध गरिएको छ । निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले विभिन्न आठवटा क्षेत्रमा अध्ययन गरी सो आवश्यकता वोध गरिएको हो ।
पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको समितिको अध्ययन अनुसार निगमको संचित कुल ऋण रु ४८ अर्ब ३ करोड छ। निगमले कुल ऋणको करिव १० प्रतिशत भन्दा बढीको दरले ब्याज खेपिरहेको छ । यो ऋणभारलाई घटाउन निगमले व्यापार बृद्धि गरी ऋणभार घटाउने र सहुलियत ब्याजदरको ऋण प्राप्त गर्ने उपायको खोजी गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
समितिले बजार माग अनुसारको सीट आपूर्ति गर्न निगमले स्टोल, ट्रैक र अन्तर्राष्ट्रिय रुटमा चल्ने जहाजहरू थप्नुपर्ने आवश्यकता अध्ययनले औंल्याएको छ । सरकारले पुँजी थपिदिनेका अलावा निगमको नाममा रहेको सोल्टी होटलको शेयर विक्रि गरेर भए पनि जहाज थप्नुपर्ने सुझाव समितिको रहेको छ ।
सोल्टी होटल लिमिटेडमा रहेको निगमको १ करोड ३ लाख ३३ हजार ६ सय ९९ कित्ता शेयर बेचेर आर्थिक स्रोतको जोहो गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त शेयरको बजार मूल्य प्रतिवेदन तयार गर्दासम्ममा प्रति कित्ता रु।४४३ रहेको छ ।
जसको कूल बजार मूल्य रु ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ हुन आउँछ । सोल्टी होटल लिमिटेडको उक्त शेयर बिक्री गरी प्राप्त हुने रकम नयाँ जहाज खरिद गर्न उपयोग गर्न सकिने सम्भावनालाई समितिले औंल्याएको हो । अहिले शेयरको मुल्य घटेसँगै सोल्टीको शेयरमुल्य पनि घटिसकेको छ । यो समाचार राजधानी दैनिकमा छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया