दोस्रो मोतिपुर फूलबारी कप फुटबलको ८० प्रतिशत तयारी पुरा

बाबुराम रायमाझी,भलवाड । खेल खेलौं स्वस्थ्य रहौं भन्ने मूल नाराका साथ कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुरमा आयोजना तयारी गरिएको दोस्रो फुलबारी कप फुटबलको करिब ८० प्रतिशत तयारी पुरा भएको छ ।

बाणगंगा ७ मा रहेको मोतिपुर प्रगतीशिल युवा क्लवको आयोजनामा बिजया दशमीको अवसरमा यही असोज २० गतेदेखि ३० गतेसम्म फूलबारी खेल मैदानमा आयोजना हुने दोस्रो फूलबारी कप २०८० नक आउट फुटबल प्रतियोगिताको तयारी ८० प्र्रतिशत पुरा भएको क्लवका अध्यक्ष शंकरप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।

दोस्रो फूलबारी कप २०८० नक आउट फुटबल प्रतियोगितामा बिजेता हुने प्रथमले ८१ हजार १ सय ११ रुपँैयासहित गोल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ भने प्रतियोगिताको द्धितीय बिजेताले ३५ हजार १ सय ११ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

हरेक वर्ष बिजया दशमीको अवसरमा फूलबारी कप नक आउट फुटबल प्रतियोगिता गर्दै आएको क्लवका अध्यक्ष न्यौपानेले बताए । यसपटक आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा १६ टीमको सहभागिता रहने क्लवले जनाएको छ ।

यो पनि पढ्नुहोस ।

दोस्रो मोतिपुर फुलबारी कप फुटबल असोज २० देखि

प्रतिक्रिया

खबर सबै