कपिलधाममा उद्घाटन भयो ‘प्राकृतिक चिकित्सा अस्पताल’

राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित प्रसिद्ध धार्मिक स्थल कपिल आरोग्य मन्दिर किलधाम परिसरमा स्थपना गरिएको प्राकृतिक चिकित्सा अस्पतालको लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पान्थीले उद्घाटन गर्नुभएको छ । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच १३ औँ वार्षिक साधारणसभा, दिशा निर्देश कार्यशाला गोष्ठी तथा कपिल प्राकृतिक चिकित्सालयको उद्घाटन कार्यक्रम गरिएको हो ।

आठ श्यैयाको उक्त अस्पताल रु. १६ लाखको लागतमा निर्माण भएको प्राकृतिक चिकित्सा अस्पताल संचालक समितिले जानकारी दिएको छ । अस्तपालको उद्घाटन गर्दै पुर्व प्रदेश स्वास्थ्य मन्त्री समेत रहनुभएका प्रदेश सांसद पन्थीले लुम्बिनी प्रदेशको रत्न रहेको स्थान कपिलधाममा प्राकृतिक चिकित्सालयको संचालनले यहाँ धेरै नागरिकले अब सेवा लिन पाउने बताउनुभयो । उहाँले जीवन जिउने तरिकामा ध्यान दिनु पर्ने र यसको महत्व पुरा गर्न यो चिकित्सालय महत्वपूर्ण सावित हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा वाणङगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले, शाख्य दर्शनका प्रर्वतक कपिलमुनि ऋषिले यस पवित्र पर्यटकीय स्थल कपिल आरोग्य मन्दिर, कपिल धाममा तप्स्या गरेका र यही स्थानमा प्राकृतिक चिकित्सा अस्पताल हुनु राम्रो रहेको बताउनुभयो । उहाँले प्राकृतिक चिकित्सालय संचलनका लागि नगरबाट कार्यविधि बनाई स्विकृति दिइएको र यसमा नगर तथा प्रदेशको समेत लागनी रहेको बताउनुभयो ।

यस अघि बाणगंगा ८ को बालापुरमा संचालित आर्युवेद अस्पतालको बृहत्तर अवधारणा अनुसार कलिधामलाई प्राकृतिक चिकित्सासँग जोड्ने काम भएको समितिका सचिव भोजराज थारुले बताउनुभयो । प्रदेश सरकार र केन्द्रिय सरकारका निर्देशिका अनुसार त्यसलाई अध्ययन गरेर कपिलधाममा प्राकृतिक चिकित्सा संचालनको कार्याविधि बाणगंगा नगरपालिकाबाट पारित गरिएपछि हाल कपिलधाममा उक्त चिकित्सालय संचालन तथा उद्घाटन गरिएको हो ।

हाल यो केन्द्र संचालनका लागि धाम परिसर भित्रै चार कोठाको पूर्वाधार तयार छ भने यहाँ बिरामीको उपचारका लागि ८ शैया पनि राखिएको छ । हाल लुम्बिनी प्रदेश सराकार स्वास्थ्य मन्त्रालयबाट बिनियोजित रु. १० लाखको बजेटमा अर्काे एउटा भवन तयार गरिदै छ । प्राकृतिक चिकित्सालाई थप प्रभावकारी बनाउन यहाँको समितिले तालिम प्राप्त चिकित्सक तथा कविराज नियुक्त गरेको छ ।

कार्यक्रममा प्राकृतिक चिकित्सा अस्पतालमा विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै १४ जनालाई प्रमाणपत्र र खादाले सम्मान गरिएको छ ।

सम्पन्न सभामा कपिल आयुर्वेद चिकित्सा अस्पताल संचाकल समितिका सचिव भोजराज थारुले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । यस्तै कोषाध्यक्ष इन्द्रमणि घिमिरेले आर्थिक वर्ष २०७९÷०८० को आम्दानी र व्यय १२ लाख ८१ हजार सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा संस्कृत गुरुकुलमका कार्यकारी अध्यक्ष थानेश्वर बेलबासे, वाङगंगा ९ का पूर्व वडा अध्यक्ष ध्रुव बेलबासे, सैनामेना आयुर्वेद प्राकृतिक चिकित्सा अस्पतालका प्रमुख धुर्वकुमार घिमिरेले बधाई दिनुभयो । कार्यक्रम समितिका अध्यक्ष आत्मराम आचार्यको अध्यक्षतासहित वडा नम्बर ७, ८ र ९ का विभिन्न सामुदायिक वनका अध्यक्षहरु, विभिन्न स्वास्थ्य क्षेत्रका व्यक्तिहरु, संघ सस्थाका प्रतिनिधी लगाएतको आत्थ्यिता रहेको थियो ।

प्रतिक्रिया

खबर सबै