

नेपाली फुटबल छाडेर विमल घर्ती पनि अस्ट्रेलिया लागे


काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । उनी नेपाली फुटबल छाडेर आज बिहान अस्ट्रेलिया लागेका हुन् ।
विमलले सन् २०१३ मा पाकिस्तानसँगको खेलमा डेब्यु गरेका थिए । उनले डेब्यु खेलमै गोल गरेका थिए । विमलले राष्ट्रिय टोलीबाट ९ गोल गरेका छन् । सन् २०१५ मा नेपालले १९ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्दा विमल कप्तान रहेका थिए ।
नेपाल सुपर लिग ९एनएसएल० मा उनी ललितपुर सिटी एफसीको मार्की खेलाडी थिए । विमलले त्यो सम्झौता पनि रद्द गरी अस्ट्रेलिया गएका हुन् । पछिल्लो समय नेपाली फुटबल खेलाडी दिनेश राजवंशी, हेमन्त थापामगर, तेज तामाङ, दीपकसिंह ठकुरी, पुजन उपरकोटीलगायत विदेश पलायन भएका छन् ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया