

विश्वकप खेल्न पाकिस्तानको टोली भारतमा


काठमाण्डाै :
पाकिस्तानको टोली एकदिवसीय विश्वकप खेल्न भारत पुगेको छ । पाकिस्तानको टोली हिजो बेलुका भारतको हैदराबाद पुगेको हो ।
पाकिस्तान क्रिकेट टोली लाहोरबाट दुबई हुँदै हैदराबाद पुगेको हो । यसअघि सोमवार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भिसा जारी गर्न भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको थियो । उसले आईसीसीलाई पत्र लेखेको केही घण्टापछि भारतले भिसा स्वीकृत गरेको थियो ।
पाकिस्तान सन् २०१६ को टी–२० विश्वकपपछि पहिलो पटक भारत आएको हो । दुई देशबीचको आन्तरिक राजनीतिको कारण उनीहरुले एक/अर्को देशको भ्रमण गर्दैनन् । त्यसै कारण यी दुई देशबीच सन् २०१३ पछि कुनै पनि शृङ्खला भएको छैन ।
विश्वकप र एसिया कपमा मात्रै भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै आएको छ । भारत यसअघि सम्पन्न एसिया कप खेल्न पाकिस्तान गएको थिएन । त्यसैले एसिया कप पाकिस्तान र श्रीलङ्कामा भएको थियो ।
पाकिस्तानले भोलि हैदराबादमा न्युजिल्यान्डसँग अभ्यास खेल खेल्दैछ । पाकिस्तानले हैदराबादमा अक्टोबर ६ तारिखमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ । भारत र पाकिस्तानबीचको खेल अक्टोबर १४ तारिखमा अहमदाबादमा हुनेछ । भारतमा हुने विश्वकप क्रिकेट अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म हुनेछ ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया