

पाल्पामा डेंगी संक्रमणबाट थप एक पुरुषको मृत्यु



पाल्पा । पाल्पामा डेंगी संक्रमणबाट सोमबार थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको माथागढी गाउँपालिका–१, चिदीपानी बुढीकोटका ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
ती व्यक्तिको तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा डेंगी संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । उनलाई असोज ५ गते मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनलाई डेंगीका साथै स्क्रबटाइफससमेत पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । पाल्पाको मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजमा डेंगीबाट २ सय ६८ जनामा संक्रमित भइसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
स्वास्थ्य कार्यालयको तथ्यांक इबार्स (अर्ली वार्निङ रिपोर्टिङ सिस्टम) का साथै स्थानीय तह, निजी मेडिकल र क्लिनिकबाट लिइएको तथ्यांक भएको स्वास्थ्य कार्यालयले जनाएको छ । डेंगी संक्रमणबाट यसअघि तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिला साथै स्याङ्जा गल्याङकी एक बालिकाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।
पाल्पाका प्राथमिक स्वास्थ्य केन्द्र रिब्दीकोट खस्यौली, तानसेन नगरक्षेत्रका विभिन्न निजी मेडिकलमा समेत डेंगी संक्रमण पुष्टि भएका छन् । निजी क्षेत्रका मेडिकल ल्याब र ग्रामीण भेगका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका ल्याबमासमेत डेंगी परीक्षण हुने गरेको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकत मधु भट्टराईले जानकारी दिए ।
जिल्लामा केही समय यता स्क्रबटाइफसका बिरामीसमेत बढेका छन् । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म १ सय ७० जनालाइ स्क्रबटाइफस पोजिटिभ देखिएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया