

बिन्दाको प्रेम (भाग ५)



बिन्दा खतिवडा :
“ डर लाग्छ तिम्रो माया पोखिन्छ कि कतै
भेट्न नपाइ यो ढुकढुकी रोकिन्छ कि कतै ।’’
मेरि साथी सरुका ती दुई शब्द मेरा लागी शब्द मात्रै थिएनन् । जीवनको मुर्त रुप नै थियो, म थचक्क बस्छु र बिर्सिनै लागेका उस्का मुहार स्मरण गर्दै लेख्न थाल्छु।
म्यासेज न कुनै सन्देश
गयौ तिमी कुन देश
हरायौ सदाका लागि
दिएर मनमा ठेस ।।
न रोकियौ न आवाज दियौ जाँदा
के थियो र त्यस्तो दर्द ,बाधा
कुर्दा कुर्दै सेतै भए केश
हरायौ सदाका लागि
दिएर मनमा ठेस
मनमा रह्यो सब बात
भयो कस्तो आधात
विस्वासको नरह्यो शेस
हरायौ सदाको लगी
दिएर मनमा ठेस
यति लेखेको मात्रै के थिएँ, सरु आई ढोका ढक ढक गर्दै। मैले रिसाएर भने म आउदिन तँ जा उस्ले ठूलो स्वरले भनी, ओई प्रयास आएको छ।
हँ म केही बोल्न सकिन ढोका खोल्न पनि सकिन । म पनि बोल्दिन ढोकै खोल्दिन भनेर भन्न पनि सकिन । हतार हतार उठेँ मैले छोटो पार्इँट र टि–सर्ट लगाएको थिएँ, जुरुक्क उठेर ढोका खोलेँ । सरु हुँ भन्दै फन्केर गै । म पनि उस्को पछि पछि गएँ । अलि पर प्रयास थियो।
मेरो प्रेम, दौडेर अंगालो हालेर डाको छोडेर रुन मन लागेको थियो। जसो तसो मन सम्हालेर नजिक गएँ । उस्को सामु पुग्ना साथ आँखा बाट सात समुन्द्र बर्सियो उस्ले थाहा पायो म रोएको अरुले होलीले भिजेको सोच्दै थिए , उसले सोध्यो के भयो? किन रोएकी ?
मैले मलाई सम्हाल्न सकिन । भकानिएर रोएँ । म फर्केर कोठा तर्फ जानै लागेको थिएँ । प्रयासले मेरो हात समात्यो, म फर्केर उस्को नजर हेर्न सकिन , उस्ले आँसु पुछिदियो ।हुन त उ बाल्यकालको साथी थियो अनि पुछेको होला तर म भकानिदै उस्लाई अंगालो मार्छु।
मैले भने मलाई छोडेर कहाँ गएको।
म पनि अति सुन्दर , छिनेको कम्मर , गजलु नयन , मिलेका दाँत अनि लामो कपालमा चिम्टी लगाएर आकर्षक देखिन्थे । यस्ती सुन्दर कुमारिको अंगालो बाट को छुटिन चहान्थ्यो होला ।
उस्ले पनि कसेर समात्यो। त्यो स्पर्श मेरो साच्चै पहिलो र परम आनन्दी स्पर्श थियो । उस्को शरीर सँग जोडिएको मेरो शरीरले पुर्णतः पाए जस्तो । यो हुनु नै पर्ने जस्तो भएको थियो । म छुट्टीएर अलग हुनै चाहेको थिइन ।
सरु आएर तानी । मैले फर्केर हेरेँ । उस्ले भनी आमा आउनु भयो।
प्रयासले कुन रुपले लियो थाहा भएन । मैले त पुर्णता प्राप्त गरिसकेकी थिएँ ।
कैले अस्ताउँदो प्रकाश बनेर आयौ । फेरि शासन चलाउने राजन बनेर आयौ , म मुस्कुराउन खोज्दै थिएँ । तिमी राधाको श्याम बनेर आयौ, फेरि उहि सिताको भक्त फेरि भरत बनेर । कैले कठोर त कैले बिनोद बनेर आयौ , बल्न खोज्ने तर तेल नथप्ने दिपक बनेर आयौ, उसै त अपहरणमा परेकी सीता, तिमी श्री राम बनेर आयौ।
अब एकछिन उ आएको खुशी बहुत थियो तर पल भर पछि म दुखी र ब्याकुल भएँ ।
हुनु पर्ने र पाउनु पर्ने कुरा भाग्यमा लेखेर र कर्मले गरेको भए पाईन्छ नै । तिमी न मेरो नसिभ मा थियौ, न म तिम्रो भाग्यमा । आगत त बिगतको बिचमा रोमलिएका अन्योल मस्तिष्कमा अब तिम्रो सपना सायद अस्ताउनु नौलो कुरो थिएन । झुक्नुको सिमा नागी सकेको थियो र गुमाउनुको डर हराई सकेका थिए । पुनः बर्तमानको शुन्यतामा डुबुल्की मार्नै लागेको थिए फेरि किन आवाज दियौ ब्यर्थ । जाउ अब त्यो उदाउँदो आस फेरि निरासमय बनाउन र अस्ताउनु भन्दा अघि नै नआउ मेरो सामु । आदत रहेछ जीवन एकदिन छुट्छ नै, आखिरको अनि के पो दीर्घकालीन रहन्छ्न र?
मैले फटाफट बोलिदिए ।
प्रयास ट्वाल्ल परेर हेर्यो । जाने कि बस्ने उ अलमलमा थियो उ हिड्न लाग्छ । म उस्को हात समात्छु ।
अनि भन्छु फेरि जान्छौ ?
मलाई बिर्सिएर मेरा राता आँखा मलिन मुहार देखेर सायद उस्लाई माया वा दया केही त लागेर आयो । उस्ले लाटी भनी अंगालो मार्यो फेरि ।
यो के थियो ? प्रेम कि माया ? वा अरु केही ?
बाटोमा ठोकिएको मान्छे लाई त रिसाई रिसाई भए नि सम्झिन्छु । तिमी त मन मै ठोकिएको मान्छे पो हौ त । कहाँ त्यति सजिलै बिर्सिन्छु ? मैले मेरो मनलाई भने । मेरो मन र मेरो कुरा सकिएकै थिएन ।
शब्दमा व्यक्त गरे भन्दा लाखौँ गुणा ज्यादा प्रेम छ, तिम्रा लागी मेरो ूहृदयू को कुना–कुनामा बिन्दा । प्रयासको शब्द थियो यो।
म छुटिएर उस्को मुहार हेर्छु । उ खिक्का छोडेर हाँस्यो । मेरो मस्तिष्कमा अन्योलताको घण्टि बज्यो । लाग्यो एकछिन उस्ले प्रेम गर्छ र अर्काे पल मै लाग्यो गर्दैन । म आफुलाई सम्हाल्ने स्थिति मै थिईन । म लडे। मेरो होस कतै थिएन । बेहोसि मलाई कता उठाए अत्तो पत्तो छैन । बिउझिँदा प्रयासको हात मेरो हातमा थियो । उस्ले मेरो हात तताउने प्रयासमा थियो ।
म प्रयासको स्पर्शले अति आनन्दित थिएँ तर ति सब क्षण भर हो भनेर म बेग्र भै आशु झार्छु।
मलाई अब उस्ले न छोएर गैदिहालोस् झैँ भाको थियो। जुन मेरो होइन, उ समिप मा बसेर देख्दा दर्द शिवाय अरु केहि नहुँदो रैछ् । म क्रमशः रोएँ ।
कैले साथ छुट्लाकी भन्ने डरमा रोएँ
कैले हात छुट्लाकी भन्ने डरमा रोएँ
रुनुनै मात्रै लेखेको जिन्दगिमा बाहान यो
खोज्दै रुनै छुट्लाकी भन्ने डरमा रोएँ ।।
मेरो मुहार हेर्दै थिए सब । कोहि पानी पिलाउने, कोहि के भा को सोध्दै थिए । मलाई कोहि सित बोल्ने मन थिएन । मेरो मन भारि र टुटेको महसुस गर्दै थिएँ । म बितारै उठे र आफ्नो कोठा तर्फ जाने ईसारा गर्दै हिडेँ । सरुले समातेर लगि सब आफ्नो बाटो लागे । प्रयास कहाँ छ मैले हेरिन र अब हेर्नु पनि छैन । राम्रो सित थाहा पाईसकँे, उसको हृदयमा मेरो कुनै स्थान नै छैन । अब आफ्नो हो भन्ने हक नभए पछि मित्रता नटुटोस । म मौन नै ठिक छु । म भित्र गएर सुतँे ।
जहाँ दर्द हुन्छ, थाह छ् मान्छे, त्यही प्रहार गर्छ। दुख्छ जानेर ,बुझेर मान्छे त्यही व्यबहार गर्छ।
जो बुझेर देखाउँछ एक, तर दिन्छ अर्को स्वरुप
निर्दही अपराधी, सचेत मान्छे ,त्यहि वार गर्छ ।
यहाँ प्रयासको कुनै दोष नै छैन तर मलाई आफु माथि प्रहार भएको झँ भाको थियो। उसलाई के थाहा म उसलाई प्रेम गर्छु भनेर अनि उसलाई सोधेर गरेको पनि थिइन नि। अब मेरो ओठमा शब्दको कुनै स्थान नै थिएन ।
मन पनि त बेट्ररी झै बदल्न मिल्ने भए
एउटा फाली अर्को हाल्न मिल्ने भए
लुगा सरि मन पनि फेर्न बदल्न मिल्ने
दुखेको झिकि आगोले बाल्न मिल्ने भए ।।
सुन चाँदि झै मन यो गाल्ल मिल्ने भए
फाटेको मन टालो गाँसि टाल्न मिल्ने भए ।।
मलाई यति पिडा नै हुँदैन थियो ।उस्ले प्रेम गर्छ गर्दिन त भनेकै थिएन उसका भावुक शब्द पछिको हाँसो मलाई गिज्याए झै भयो । मेरो भावनाको दरवार गर्लाम्म ढल्यो । बिस्वासको फुल ओईलायो । रहर र चाहहरु पल भर मै मरे।
पिपल बोट मुनि हावा छेक्ने त्यो प्रेम, यो प्रेम थिएन । मैले प्रेम गरेको प्रेम सायद प्रायस थिएन ।
सबै आ–आफ्नै काम तर्फ थिए । म त्यसै सुतेर बसेँ । प्रयास आयो मेरो कोठामा , मेरो झिनो आसा फेरि पलाउन थाल्यो । लाग्दै थियो बिन्दा म तिमीलाई मन पराउछु भन्ने छ । मैले जस्तै उस्ले पनि मेरो आभास गर्छ । म मौन थिएँ, चुपचाप हेरिरहेँ ।
मौनता र मुस्कान दुई शक्तिशाली हतियार हुन, थाहा छ।
मुस्कानले समस्याको हल निकाल्छ,मौनताले आफैलाई बुझ्ने अवसर प्राप्त गर्छ । म आफु शक्तिशाली बन्ने प्रयासमा थिएँ मौनतामा ।
प्रयास को अवाज आयो – बिन्दा ।
म केहि बोल्नै सकिन, अझ भनु ,बोल्न सक्ने हिम्मत नै छैन । उस्को के दोष ? प्रयास भन्छ , बिन्दा के भयो तिमीलाई ? किन नबोलेको तिमी ? म बाट गल्ति भयो र ?
अब म के बोलु ? शब्द बताएर त तिमीले बुझेनौ । मेरो मौनता त कसरि बुझ्छौ होला र ? मैले मन मनै भने ।
मेरा आँखामा आँसु थिए ।
उसले देख्यो कि देखेन ।
जब शब्द असमर्थ हुन्छ प्रकट हुन, तब आँसु आउछँ । आँसु आउनुको अर्थ के बताउँ म यदि आँशु झरेको अर्थ जानेको भए भाषामा वा शब्द वा गजल, लेख, कहानी , कबिता मै ढाली दिन्थे । जब कुनै बिधा काम नगर्ने हुन्छ, तब हामी आशुँको माध्यमबाट प्रकट गर्छौै ।
मेरो आँखा छोडेर आशु ओरालो लाग्यो। उसले बुझ्ने प्रयास सायद गरेन । हुन त नाम अनुसारको काम कसैले गर्दैनन् र त प्रयास पनि प्रयास गर्दै गरेन।
मलाइ एकपट्क खुलेरै भन्न मन लाग्यो। कित वार कित पार । भनिदिन्छु जस्तो भयो, मैले भने प्रयास गरेर भने, प्रयास म तिम्रो मनमा राज गर्न चाहान्छु। प्रयास मौन थियो, बोलेन केहि । मनका कुरा खोलेन केहि, उ म तिर फर्के हेर्दै थियो।
त्यतिकैमा आमा तीन कप चिया लिएर आउनु भयो । अब त झन बोल्ने कुरै भएन।
मलाई उसको मौनताले जवाफ दिई सकेको थियो तर म स्वयं नै एक स्पष्ट बक्ता थिएँ । खुलेर बोल्नु पर्ने । बिधालय जीवनमा वादविवाद , बक्तित्व कला , कबिता बाचनमा प्रथम हुने गर्थँे । मानौ स्टेज र माईक मेरो पुर्नजन्मकै साथी हुन। खुलेर बोल्नु मेरो फिदरत पनि हो।
अनि अरु बाट पनि स्पष्ट बोलीको आस गर्छु । छ भने छ न भए छैन।
आमा के–के भन्दै हुनुहुन्थ्यो प्रेसर भएछ कि क्या हो ?
म कसरी बताउ मलाई प्रेम रोग लागेको ।
आमा बाहिर जानू भयो । प्रयासलाई सबैले राम्रो सँग चिनेका रैछन् । मैले भने उ प्रयास भनेर त्यही दिन मात्रै चिने।
अझ चिन्न साथ देखँे अनि उसको आलिंङगन पनि पाएँ । एक छिन मन फेरि प्रफुलित भएर आयो।
आमा गए पछि प्रयास म तिर हेर्छ । मेरा मनमा आशाका कोपिला फुल बनेर फुल्छ एकै छिनमा लहरामा झुल्छ। म ठूलो सपनाको दरबार खडा गर्छु मनमा । तब प्रयास बोल्छ । तिमी मेरो सबैभन्दा प्रीय र असल साथी हौं। साथीको नाताले म तिमी लाई औधि माया गर्छु । तिमी ठिक हौ छिटो, बाँकी सोन्चो भए पछि कुरा गरौंला है । उसले मेरो कपाल सुम्सुमाएर गेट वेल सुन बिन्दा भनेर निस्कियो ।
म मौन एकदम शुन्यता । टु उउउउउउउ गरि कान बज्न थाल्यो । केही सोच आएन , जवाफ के थियो स्पष्टता कहि कतै थिएन।
यदि थियो भने त स्पष्ट भन्थ्यो होला त । मैले झै ।।
हुन त मलाई मन पराउनेको कमी थिएन । सयौंले मन पराउँछु भन्दा हाँसेर हिडेँ र कतिलाई त म गर्दिन भनी उडाईदिएको याद आयो।
सायद तिनीहरुको मन पनि मेरो जस्तै दुखेको हुनु पर्छ । जसरी उनीहरुले आफ्नु प्रेमले आफुलाई बेवास्ता गर्यो त्यसैगरी तेरो पनि त्यस्तै होस भनी सरापेको हुनु पर्छ। मलाई ती प्रेमीको पाप लाग्यो क्यार ।
अब त झन उस्का याद मेरा लागि याद मात्रै बनेर रहयो ।
भोलिपल्ट प्रयास चितवन जानुछ भनी झोलासोला बोकेर आएको थियो । मैले माथी बाट देखे। मलाई पनि उस्ले देख्यो । उ कुदेर माथि आयो।
बिन्दा म पछि फेरि भेट्न आउछु ल । राम्रो सँग बस।
उस्को बोली यति थियो उ निस्केर गयो ।
म हेरिरहे सेतो रंगको ट्याक्सी चडेर । मैले बाई भन्न सकिन।
घरको टेलिफोन नम्बर लगेको थियो रे बैनी सँग मागेर।
मैले फोन आउने आस गरेँ। उति बेला मोबाइल हुँदैन थियो । ल्याण्ड लाईन भनेर नेपाल टेलिकम बाट टेलिफोन दिईन्थ्यो। हाम्रो घरमा पनि थियो।
दिन बित्न थाले । म टेलिफोनको अधि पछि कैले टेबुल सफा गरे जस्तो गर्थे , कैले कोठा । टेलीफोन बुवा सुत्ने कोठामा भएकाले धेरै बेर त्यता बस्न गाह्रो हुन्थ्यो ।
म टेलीफोनको रिङ बज्ना साथ दौडेर सके सम्म आफैं उठाउथेँ । नत्र बुवाले आमा अरु कसैले उठाए कान थापेर सुन्थे। तर उस्को फोन आएन ।
मेरो आसाका दियो निभ्न खोज्दै थिए, म भित्रका प्रेम अब निष्क्रिय हुन खोज्दै थियो, बिश्वासको दरवार हलचल हुन लागेकै थियो । करिब दुई महिना पछि मगंलबारको दिन मलाई राम्रोसँग थाहा छ, म व्रत बसेकी थिएँ । टेलीफोनको घण्टी बज्यो , मलाई त्यो घण्टी प्रती कुनै चासो थिएन । किन कि मैले फोन आउने आस मारिसकेकी थिएँ ।
म फोन सँगै थिए तर पनि कल उठाईन , बैनी धेरै बेर फोन नुठेको सुनेर कराउँदै आई । यँही भएर पनि कल नउठाएर रिसले फोन उठाई, म बुवाको कागज पत्र केही मिलाउदै थिएँ । प्राय बुवाको सम्पुर्ण कागज पत्र मै मिलाएर राख्ने गर्छु । बुवाले गर भनेर अहराउनु भएको थियो।
बैनी : हेलो, कस्लाई खोज्नु भा को?
उता बाट के जवाफ आयो थाहा छैन
बैनी : ओई तेरो कल
म : कस्ले गरेछ ?
बैनी : सोध्न आफैं । भनेर कल टेबुलमा राखी हिडिं
म : हेलो,
उता बाट आवाज आयो, हेलो ।
मैले चिनी हालँे त्यो प्रयास थियो, मेरो प्रेम ।
मैले प्रेम भने ,
प्रयास भन्नुको साटो
बिर्सेर भने की जानेर भने त्यो मलाई नै थाहा छैन।
प्रयास स् म प्रेम होईन प्रयास हो।
हुन पनि उ मेरो प्रेम कहाँ थियो र ? ठिकै त भन्यो नि
मस् अँ भन प्रयास के छ खबर ?
सन्चै छौ । कति ढिलो कल गरेको मन मन नै भने । मुखले भन्ने आँट आएन।
प्रयास : म ठिक छु तिम्रो के छ म छिट्टै काठमाडौ आउँछु । तिमी सँग बसेर कुरा गर्छु।
म : के कुरा हो र ?
प्रयास : आएर भन्छु।
म् : हस्
तर के को बारे ?
प्रयास : नरिसाउने भए भन्छु।
म् : भन, म रिसाउँदिन ।
प्रयास : छ केही माया, प्रेमका बारे।
म : ए ए
प्रयास : बाई । पछि कल गर्छु ल ।
म : बाई
यो के थियो ? के प्रेमलाई मसँग प्रेम थियो र ? बुझ्न गार्हो भयो ।
जे भए पनि मलाई फोन गरेर भन्नुको अर्थ मै सँग हुनु पर्छ।
मेरा मनमा बसन्तको बाहार आए जस्तो भयो।
मीठो उमंग भबिस्य सम्मका नयाँ ख्याल र तरंग छाउन थाल्यो।
उत्साहले ब्राह्मण नै नागेको थियो ।
अझ भन्नू पर्दा भुइँमा खुट्टै थिएन मेरो।एक्लै हाँस्दै ,गुङुनाउँदै कागज पत्र मिलाउन थाले। घरी नाँच्ने गाउँने , रमाई रमाई सब काम गर्न थाले ।म त्यसरी नहाँसेको बर्ष बितेको थियो।उस्को एक कल मात्रै एक कलले मेरो मनको स्थिति परिवर्तन भैसकेको थियो।
मेरो परिवर्तनलाई देखेर आमा बैनीहरु अचम्ममा थिए।
बैनी रश्मि : पागल जस्तो के एक्लै नाचेकी
म : तँलाई के थाहा ? म किन पागल भएँ ।
बैनी : थाहा छ, तेरो त्यही प्रयासेको कल पछि तँ बौलाएकी होस।
एकै कोठामा सुत्ने हामी दुई मेरो दर्द र खुशी बाट उ टाढा थिईन।
मुख छुच्चो जस्तो देखाए पनि हृदय माहासागर झै छ त्यस्को पनि
।
चार दिन पछि फेरि फोन आयो मैले नै उठाएको थिए।प्रयास थियो उस्ले राम्रो सँग कुरा गर्यो अनि राख्ने बेला भन्यो। बिन्दा म आज काठमाडौ आउँदैछु।
म अब उ आउने प्रतीक्षामा बस्छु।
फेरि केही लेखु जस्तो केही भनु जस्तो केही त गरुँ जस्तो
ऐना हेर्दा आफैंलाई सरम लागे जस्तो।
बैशले मात्तिएको मस्तानी जस्तै ।देबदास भेट्न कुदेकी पारो जस्ती
, मदनको मुना जस्तो मिलनको मीठो आभास मन भरी प्रेमको लेपले लेप्न थाले।
केही दुई लाईन कोरे पनि
किन होला आज मलाई जिउँन मन लाग्यो
जिउँने निउँले किन होला पिउन मन लाग्यो ।।
म प्रयास अर्थात प्रेम आउने आसमा पर्खिरहेँ ।
यो पनि पढ्नुहोस् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया