

लायन्सले यसपटक ‘साइकल प्लाङ्क ब्यालेन्स’ प्रतियोगितालाई बृहत्तर बनाउने



कपिलवस्तु । कपिलवस्तुको पर्यटकीय स्थल राजापानीमा आयोजना तयारी गरिएको साइक प्लाङ ब्यालेन्स प्रतियोगिताका लागि यसपटक स्वदेश तथा विदेशी साइकल राइडरहरुले समेत सहभागिता जनाउने भएका छन् । लायन्स क्लव अफ कपिलवस्तुले नेपाल मै पहिलोपटक भित्रएको यो रमाइलो खेलका लागि गत वर्ष पहिलो संस्करण आयोजना गरिएको थियो भने यसपटक लायन्सले नै दोस्रो संस्थकरण आयोजनाको तयारी गरिरहको छ । प्रतियोगिताको तयारी बारे जानकारी दिन शनिबार जितपुरमा आयोजित पत्रकार सम्मेलनमा यसपटक अझै बृहत्तर बनाउनेबारे जानकारी दिइएको हो ।
लायन्स क्लव अफ कपिलवस्तुले आयोजना गर्ने ‘साइकल प्लाङक ब्यालेन्स’ (पानी माथि ट्रयाक बनाई सकाइकल चलाउने ) प्रतियोगिताका लागि अहिले सम्म देशका विभिन्न जिल्लाबाट ४० बढीले रजिष्टेशन गरेको बताइएको छ । दोस्रो सँस्करण ऐतिहासिक बनाउने प्रतियोगिताका संयोजक विष्णु घिमिरेले बताएका छन् । नेपालमा पहिलो पटक २०७९ असोज १५ गते साइकल प्याङक ब्यालेन्स प्रतियोगिता सम्पन्न भएको थियो । दोस्रो सँस्करण भने यही असोज २७ गते वाणगंगा स्थित राजापानीमा संचालनको तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
कार्यक्रमको विषयमा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओमप्रकाश घिमिरेले यो एउटा प्रतियोगिता मात्र नभई कपिलवस्तुको चिनारीका लागि पनि एक गतिलो माध्यम बनेको बताएका छन् । यसपटक प्रतियोगितालाई गत वर्ष भन्दा अझै व्यवस्थित र भव्य बनाउने तयारी रहेको पनि उनले जानकारी दिएका छन् । प्रतियोगितामा बाणगंगा साइकल राइडर क्लवले समेत सहयोग गर्दै आएको छ भने स्थानीय तह, विभिन्न संघ संस्था तथा राजापानि सामुदायिक बनसँँगको समेत समन्वयमा आयोजना तयारी गरिएको लायन्सले जनाएको छ ।
प्रतियोगितामा भाग लिनेहरुका लागि लायन्सले अन्लाईन रजिष्टेसन खुल्ला गरेको छ । प्रतियोगितले रु. एक हजार पाँच सयमा रजिष्टेशन गर्न सक्ने लायन्से जनाएको छ । एकजना सहभागीको रजिष्ट्रेजन शुल्क १५ सय लाग्ने र टिसर्ट, खाजानास्ता, पानी र साइकल नहुनेका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको ब्यवस्थापन आयोजकले गर्ने लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष घिमिरेले बताए ।
प्रतियोगितामा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै नेपाल प्रहरी, एपिएफसंग सहकार्य गरिएको छ भने स्वास्थ्य सुरक्षाको लागि प्राथमिक उपचार, एम्बुलेन्सका लागि पनि यहाँका अस्पतालसंग पनि सहकार्य गरिएको जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेले पचास हजार, द्धितीय हुनेले पच्चिस हजार, तृतीय हुनेले प्रन्ध हजार र सान्त्वना हुनेले गिफ्ट हेम्पर सहित मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने संयोजक विष्णु घिमिरेले बताएका छन् ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था












प्रतिक्रिया