

उद्योग व्यापार संघ कपिलवस्तुद्धारा बृहत रक्तदान





भगवती न्यौपाने, कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुले संविधान दिवस २०८० को अवसरमा वृहत रक्तदान कार्यक्रम गरेको छ । बढ्दै गइरहेको डेङ्गी रोग महामारीमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै महादान र जीवनदान भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरेको उद्योग व्यापार संघ कपिलवस्तुले जनाएको छ ।
कार्यक्रमा उद्योग व्यापार संघका केन्द्रीय मंहासचिव खेमनारायण परजुलीले उद्योग व्यापार संघ कपिलवस्तुले स्थापनाको छोटो समयमा विभन्न सामाजिक रचनात्मक कार्यक्रम गर्दै आएको बताउनुभयो । कोभिड माहामारी पछि सबै भन्दा धेरै मारमा व्यवसायिहरु रहेको भन्दै उहाँले पछिलो समय उद्योग व्यवसायिहरु कि गर कि मरको अवस्थामा आएकोे र यसको समाधानको लागि केन्द्र बाट पहल गर्ने बताउनु भयो ।
यस्तै कपिलवस्तु जिल्ला कर अधिकृत सुरेस बराईलीले देशको आर्थिक अवस्थालाई माथि उठाउन उद्योगि व्यवसायिहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै तिनै तहका सरकारले व्यवसायिहरुलाई सहयोग गर्नुपर्ने बताउनु भएको थियो ।
यता संघका अध्यक्ष खिमानन्द पौडेलले लामो त्याग तपस्या बलिदान र संघर्स पछि आएको संविधानलाई सबैले रक्षा गर्नुपर्ने बताउनु भयो । साथै उहाँले सामाजिक क्षेत्रमा काम गर्दै आएको ब्यापार संघले आगामि दिनमा पनि यस्ता कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा संघका महासचिव बासुदेब खनाल, संघका संरक्षक टोपनारायण बेल्बासे, निवर्तमान अध्यक्ष हुमनाथ पौडेल, नव प्रभात युवा क्लब ठाकुरापुरका अध्यक्ष मिलन चालिसे, संघका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमका संयोजक ज्ञानहरी न्यौपानेको अध्यक्षता, संघका महासचिव बासुदेव खनालको सञ्चालनमा भएको कार्यक्रममा रतmसंचार केन्द्र भैरहवाको प्राविधिक सहयोग र नवं प्रभात युवा क्लव ठाकुरापुरको सहयोगमा सम्पन्न भएको थियो । सम्पन्न रक्तदान कार्यक्रममा ३७ पोइन्ट रगत संकलन भएको बताइएको छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया