

१९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाण्डाै
१९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो पहिलो खेलमा बेलुका साढे ५ बजे पाकिस्तानसँग खेल्न लागेको हो । यो खेल दशरथ रङ्गशालामा हुनेछ ।
नेपालले यो खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र पाकिस्तान छन् । त्यस्तै, समूह ‘बी’ मा भारत, भुटान र बङ्लादेश छन् । नेपालले पहिलो संस्करण सन् २०१५ मा भारतलाई हराउँदै उपाधि जितेको थियो ।
त्यस्तै, सन् २०१७ मा पनि उपाधि जितेको थियो । आज हुने अर्को खेलमा साविक विजेता भारत र बङ्लादेशबीच दशरथ रङ्गशालामा दिउँसो साढे १ बजे खेल हुनेछ । भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया