

लायन्सले आयोजना गरेको ‘साइकल प्लाङक ब्यालेन्स’ दोस्रो सँस्करणको रजिष्टेशन खुल्यो, कसरी गर्ने रजिष्टेशन


ईसाझाकुरा
नेपालमा पहिलो पटक लायन्स कपिलवस्तुले २०७९ सालमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता आयोजना गरेर एउटा फरक पहिचान नेपालभर प्रस्तुत गरेको लायन्स कपिलवस्तुले ‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो सँस्करण आयोजना गर्ने भएको छ ।
साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) प्रतियोगिता आयोजना दोस्रो पटक २०८० असोज २७ गते गर्न लागेकोे क्लवका अध्यक्ष ओम प्रकाश घिमिरेले बताउनु भएको छ ।
जसका लागि आवश्यक प्रक्रिया पुरा गरेर प्रतियोगितामा भाग लिने प्रतियोगिहरुका लागि रजिष्टेशन खुलाएको छ । भाद्र ३१ गते बसेको बैठकले रजिष्टेशन खोलेको हो भने रजिष्टेशन प्रन्ध सय राखिएको आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगिताका लागि प्रतियोगिता मुल समिति समेत चयन गरेको छ । समितिको संयोजकमा विष्णु प्रसाद घिमिरे रहने गरी सदस्यहरुमा भरत राना, विष्णु प्रसाद पाठक, नरेश भुसाल, खड्क बहादुर आले, क्षेत्र बहादुर थारु चौधरी, मदन अर्याल, विष्णु प्रसाद घिमिरे (बैरीया), नवराज बेल्वासे, दामोदर पन्थी, शान्त राज गैरेले लायन्सबाट आफ्नो जिम्मेवारी हेर्छन् भने लियो क्लव अफ कपिलवस्तुका अध्यक्ष कपिलदेव भट्टराई र शेषकान्त मरासिनीलाई जिम्मेवारी तोकिएको छ ।
प्रतियोगितामा भाग लिनेहरुका लागि टि–सर्ट, खाजा तथा प्रमाण पत्रको समेत व्यवस्था गरिएको मुल समिति संयोजक विष्णु प्रसाद घिमिरे बताएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले पचास हजार, द्धितीय हुनेले पच्चिस हजार, तृतीय हुनेले प्रन्ध हजार र सान्त्वना हुनेले गिफ्ट हेम्पर सहित मायाको चिनो र प्रमाण पत्र प्रदान गरिन क्लवका सचिव राजु भुसालले बताएका छन् ।
रजिष्टेशनका लागि गुगोल फारम भर्ने सकिने छ, जसका लागि तल दिइएको google fome link लाई खोल्नु पर्नेछ ।
https://forms.gle/1LMC2Th7k8uuThFN6


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया