

एसिया कप फाइनलमा भारतको सनसनीपूर्ण बलिङ, ५० रनमा अल आउट भयो श्रीलङ्का


काठमाण्डौ । एसिया कप क्रिकेटको फाइनलमा भारतसँगको खेलमा श्रीलङ्काले लज्जास्पद ब्याटिङ गरेको छ ।
कोलम्बोमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भयो । भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह देखिए । श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १७ र दुशन हेमन्थाले नटआउट १३ रन बनाए । यस्तै दुनिथ वेलालेगेले ८, धनन्जय डी सिल्भाले ४ र पथुन निसन्का २ रन बनाएर आउट भयो । श्रीलङ्काका ५ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् ।
बलिङतर्फ भारतका मोहम्मद सिराजले ६ विकेट लिए । यस्तै हार्दिक पान्ड्याले ३ र जसप्रीत बुमराहले १ विकेट लिए ।
यो श्रीलङ्काका लागि एकदिवसीय दोस्रो कम योगफल हो । यसअघि सन् २०१२ मा दक्षिण अफ्रिकासँगको खेलमा श्रीलङ्का ४३ रनमा अल आउट भएको थियो । यस्तै एकदिवसीय क्रिकेटको फाइनल खेलमा यो सबैभन्दा कम योगफल हो ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया