

तीजको दर : के खाने, के नखाने ?





हिन्दू नारीहरुको महत्वपूर्ण चाड हरितालिका तीज सुरु भएको छ । दिदीबहिनीहरु एकै ठाउँमा भेला भएर रमाइलो गर्ने चाडको रुपमा लिइन्छ तीजलाई । विशेष गरी वर्षभरिको दुःखलाई भुलेर रमाउने चाड हो तीज । बिहे गरेर नौ डाँडापारि पुगेका चेलीहरु माइतीमा भेला भएर नाँचगान गर्दै, दर खाने प्रचलन रहेको छ ।
भोलिपल्ट निराहार ब्रत बस्ने भएकोले अघिल्लो दिन पोषिलो कुराहरु दरमा समावेश गरिन्छ । दरमा भेज तथा ननभेज दुवैथरी भोजन समावेश हुन्छन् । खास गरी दरचाहिँ भेज नै खानु उपयुक्त हुन्छ । भोलिपल्ट पानी समेत नखाई ब्रत बस्ने प्रचलन छ । त्यसैले सकभर दरचाहिँ भेज नै खानु उपयुक्त हुन्छ ।
दर खाने भनेर मात्र हुँदैन । दर खाँदा स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ । ध्यान नदिने हो भने बिरामी पर्न सकिन्छ । सामान्यतया चाडपर्व भनेपछि धेरै खाने चिल्लो पिरो अमिलोहरु समावेश गर्ने नेपालीको बानी नै हुन्छ । त्यसैले दर धेरै कुराको ख्याल गर्नुपर्ने हुन्छ ।
दरमा के खाने, के नखाने ?
१. चिल्लो पिरोरहित कुराहरुलाई मात्र समावेश गर्ने ।
२. बर्खायाम भएको कारणले पनि बजारका खानेकुरा तथा सागसब्जीमा फोहोर हुनसक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्रै खाने ।
३. सकेसम्म बजारको भन्दा घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ ।
४. दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । तर मरमसला हालेर पकाइएको यस्ता चिज नखानु जाति हुन्छ ।
५. नुन धेरै सेवन गर्दा पानी तिर्खा लाग्ने भएकोले निर्जल व्रत बस्नेलाई समस्या हुन्छ ।
६. व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ ।
७. दरको नाममा मादक पदार्थ सेवन गर्नु हुँदैन ।
८. पोषणका लागि दरमा दुग्ध खाद्यपदार्थ खानु राम्रो मानिन्छ ।
९. फलफूल तथा अन्नबाट बनेका परिकार समावेश गर्दा राम्रो हुन्छ ।
१०. बिरामीले सकेसम्म व्रत नगर्दा राम्रो गरिहालेको खण्डमा निराहार व्रत गर्नु स्वास्थ्यका दृष्किोणले राम्रो हुन्न ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया