

लायन्स कपिलवस्तुको वृहत रक्तदान कार्यक्रममा ५८ पोइन्ट रगत संकलन


नवराज बेल्वासे :
जिल्ला आफ्नो फरक पहिचान बनाएको लायन्स क्लव अफ कपिलवस्तु र लियो क्लव अफ कपिलवस्तुको संयुक्त आयोजनामा सञ्चालित रक्तदान कार्यक्रममा ५८ पोइन्ट रगत संकलन भएको छ । रेडक्रस सोसाइटी वाणगंगा उपशाखामा आयोजित कार्यक्रममा लक्ष्य भन्दा बढी रगत संकलन भएको कार्यक्रम संयोजक सागर घिमिरेले बताएका छन् ।
आयोजित कार्यक्रम लायन्स डिस्ट्रिक ३२५ पि नेपालका द्धितिय भाइस गभर्नर बालाराम भट्टराइको प्रमुख आथितियता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गदैँ प्रमुख अथिति भट्टराइले लायन्स कपिलवस्तु जिल्लामा मात्र नभई डिस्ट्रिकमै उत्कृष्ट रहेको बताउदै रक्तदान जस्तो महत्वपुर्ण कार्यक्रम आयोजना गरेकोमा क्लवप्रति आभार व्यक्त गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा लायन्स डिस्ट्रिक ३२५ पि नेपाल एरिया ४ चिफ कल्पना शिवाकोटी, सेक्रेटरी डा.शान्ता शर्माको विशिष्ट आतिथ्यता साथै रेडक्रस सोसाइटी वाणगंगा उपशाखाका अध्यक्ष शंकर पाण्डेको आतिथ्यता कार्यक्रममा रहेको थियो ।

लायन्सले आयोजना गरेको पवित्र कार्यमा आफ्नो पुर्ण साथ र सहयोग रहेको भन्दै विशिष्ट अथिति लायन्स डिस्ट्रिक ३२५ पि नेपाल एरिया ४ सेक्रेटरी डा.शान्ता शर्माले समेत रक्तदान गर्नुभएको थियो ।
कार्यक्रममा स्वभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कपिलवस्तु कृषि सहकारी संस्था लि।, होटल धुव्रतारा र प्रियांशु किराना पसलको सहयोग रहेको थियो ।
लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेको अध्यक्षता, प्रथम उपाध्यक्ष नवदत्त घिमिरेको स्वागत मन्तव्य रहेका कार्यक्रम सचिव राजु भुसालको सञ्चालन तथा लायन सागर घिमिरे र लियो प्रविण गौतमको संयोजत्वमा सम्पन्न भएको थियो ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया