

बाँकेका अस्पतालमा बढे स्क्रब टाइफस र एन्फ्लुएन्जाका विरामी

बाँके । बाँकेको नेपालगञ्जका अस्पतालमा स्क्रब टाइफस र एन्फ्लुएन्जाका विरामी बढेका छन्। यस्तै डेंगीका विरामी पनि देखा परेको छ। अहिले रुघाखोकी,ज्वरो,टाउको दुख्ने समस्या भएका विरामीमा स्क्रब टाइफस र एन्फ्लुएन्जा पुष्टि भइरहेको छ।
४–५ दिनदेखि ज्वरोले ग्रस्त ९ वर्षीया अनुशा वलीको रगत परीक्षण गर्दा स्क्रब टाइफस पुष्टि भएको छ। स्क्रब टाइफस भएका बालबालिका मेडिकल कलेजमा धेरै छन्। बाल रोग विशेषज्ञ डा.रोमा बोराले पछिल्ला दिनमा बालबालिकामा स्क्रब टाइफस र डेंगी देखिएको बताइन्।
चिकित्सकका अनुसार,यो मौसममा स्क्रब टाइफस र डेंगीका विरामी बढ्छन्। नेपालगञ्जको भेरी अस्पताल, मेडिकल कलेजमा स्क्रब टाइफस, एन्फ्लुएन्जा, डेंगीका विरामी आइरहेका छन्। स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग मुसामा लाग्ने किर्नाजस्तो देखिने किराको टोकाईबाट मानिसमा सर्छ।
भेरी अस्पताल, नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेका अनुसार, स्क्रब टाइफसको संक्रमण भएमा धेरै ज्वरो आउँछ। टाउको दुख्ने, पसिना धेरै आउने, छाला चिलाउने, आँखा रातो हुँदै जाने, निम्फोग्राफी सुन्निनेजस्ता लक्षण देखा पर्न थाल्छन् । विस्तारै खोकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, श्वास प्रश्वासमा अवरोध आउनेजस्ता समस्या बढ्न थाल्छ र टोकेको ठाउँमा कालो सानो दाग बस्दै जान्छ ।
भेरी अस्पताल, नेपालगञ्जका एन्फ्लुएन्जा फोकलपर्सन डा.खगेन्द्रजंग शाहले विगत दुई सातादेखि अस्पतालमा एन्फ्लुएन्जाका विरामी बढेको बताए। भेरीले विरामीको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गर्दछ। परीक्षण गरेका करिव ४० प्रतिशतमा एन्फ्लुएन्जा देखिएको छ। मौसमी एन्फ्लुएन्जा एक किसिमको भाइरस संक्रमण हो। बोलीचालीमा यसलाई फ्लु पनि भनिन्छ।


खबर सबै
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
काठमाण्डाै जादै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते
-
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा विद्यार्थीका लागि अभिमुखीकरण
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति







प्रतिक्रिया