

दशैंका लागि सहुलियत पसल खुल्ने





काठमाडौं । सरकारले यस वर्ष पनि मुख्य चाडपर्वलाई लक्षित गरेर सहुलियतपूर्ण बजार सञ्चालन गर्ने भएको छ । दशैं, तिहार र छठ जस्ता ठूला पर्वलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्ने र दशैंका लागि सहुलियतमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने गरी बजेटको तयारी सकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेकाअनुसार यस वर्ष दशैंको मासु बजारमा हस्तक्षेप गर्न ३ हजार खसी, बोका र च्याङ्ग्रा खरिद गरिने छ । २ हजार गोटा खसी र बोका र एक हजार च्याङ्ग्रा खरिदका लागि कम्पनीले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको उनले बताइन् ।
कम्पनीले प्रस्ताव गरेको बजेट केही दिनमै मन्त्रालयमा पेश हुने र यसबारे निर्णय हुनेछ । गत वर्षहरुमा जस्तै, साल्ट ट्रेड्रिङ, दुग्ध विकास संस्थान लगायतसँगको समन्वयमा देशैभर एकीकृत सहुलियतपूर्ण बजार सञ्चालनको प्रस्ताव पनि मन्त्रालयमा पठाइने छ ।
ती पसलका आधारभूत खाद्यान्न सहुलियत मूल्यमा पाइने कम्पनीले जनाएको छ । उपत्यका बाहिरका ४० जिल्लाका ३९ स्थानमा पनि खाद्यको सुपथ पसल हुनेछ ।
साल्ट ट्रेडिङले पनि संयुक्त र बेग्ला बेग्लै गरी देशभर ३८ वटा स्थानमा सहुलियत पसल सञचालन गर्ने तयारी गर्ने जनाएको छ । कहिलेदेखि सो पसल सञ्चालन हुन्छ भन्ने भने निर्णय उद्योग मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गर्नेछ ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया