

एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दै


काठमाण्डाै
एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन् । दुई देशबीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।
भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ । सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले सुपर फोरको पहिलो खेल खेल्न लागेको हो ।
आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा ‘रिजर्भ डे’ राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ । सुपर फोरमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्लादेश छन् ।
हिजो भएको खेलमा श्रीलङ्कासँग २१ रनले पराजित बङ्लादेशको फाइनल पुग्ने सम्भावना सकिएको छ । उसले अब भारतसँग खेल्न बाँकी छ । भारत र बङ्लादेशबीचको खेल शुक्रवार हुनेछ ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया