

महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनलमा पुग्न थाइल्यान्डले नेपाललाई दियो १ सय ६ रनको लक्ष्य


काठमाण्डाै
आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनलमा पुग्न थाइल्यान्डले नेपाललाई १ सय ६ रनको लक्ष्य दिएको छ । मलेसियाको बाङ्गीमा टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनायो ।
थाइल्यान्डका नानपाट खोन्चारोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय पारी खेलिन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाइन् । नेपालका कविता कुँवर र पूजा महतोले समान एक/एक विकेट लिए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । आजको खेलमा नेपालले थाइल्यान्डलाई हराउन सकेमा पहिलो पटक ग्लोबल टी–२० छनोटमा पुग्नेछ ।
सन् २०१३ देखि शुरु भएको ग्लोबल छनोटमा एसिया क्षेत्रबाट थाइल्यान्ड र यूएईले खेल्दै आएका छन् । थाइल्यान्ड समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । अर्को सेमिफाइनलमा अहिले समूह ‘बी’ को उपविजेता हङकङ र समूह ‘ए’ को विजेता यूएई खेलिरहेका छन् । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया