

बिग बास लिगको ड्राफ्टमा सन्दीपसहित पाँच नेपाली खेलाडी


काठमाडौं :
अस्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिग बास लिग (बीबीएल)मा नेपालका पाँच क्रिकेटर ड्राफ्टमा समेटिएका छन्।
बीबीएलको आगामी सिजन २०२३/२४ को लागि अस्ट्रेलियन क्रिकेट संघले सोमबार ड्राफ्टमा परेका २९ देशका ३७६ खेलाडीको लिस्ट सार्वजनिक गरेको हो।
ड्राफ्टमा नेपालका सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, अर्जुन साउद र देव खनाल परेका छन्।
सन्दीप, आरिफ, आसिफ र अर्जुन नेपाली राष्ट्रिय टिमका नियमित सदस्य हुन्। यस्तै, देव खनाल यू–१९ राष्ट्रिय टिमका कप्तान हुन्।
बीबीएलको नयाँ सिजन डिसेम्बर ७ देखि सुरू हुँदैछ। नेपालबाट हालसम्म सन्दीप लामिछानेबाहेक अन्य कुनै पनि क्रिकेटरले बीबीएल खेलेका छैनन्।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया