

एसिया कप क्रिकेट : नेपालले भोलि एकदिवसीय वरीयतामा शीर्ष टोली पाकिस्तानसँग खेल्दै


काठमाण्डाै
पहिलो पटक एसिया कप क्रिकेट खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोलि पाकिस्तानको मुल्तानमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।
तीस हजार दर्शक क्षमताको मैदानमा भोलि बुधवार एसिया कपको पहिलो खेल हुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरीयताको नम्बर वान टोलीसँग खेल्न लागेको हो । प्रतियोगिताका लागि पाकिस्तान पुगेको नेपाली टोली कराँचीमा एक हप्ता प्रशिक्षण र एक अभ्यास खेल खेलेपछि मुल्तान पुगेको हो ।
पाकिस्तान आईसीसी एकदिवसीय वरीयतामा शीर्ष स्थानमा छ । नेपालले भदौ १८ मा भारतसँग श्रीलङ्कामा खेल्नेछ । भारत एकदिवसीय वरीयतामा तेस्रो स्थानमा छ । नेपाल भने वरीयतामा १५औँ स्थानमा छ । भोलिदेखि शुरु हुने एसिया कप यही ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ ।
भारत सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि पाकिस्तानमा ४ खेल र अरु खेल श्रीलङ्कामा हुनेछन् । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्लादेश, श्रीलङ्का र अफगानिस्तान छन् । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार भोलि दिउँसो सवा ३ बजे मुल्तान रङ्गशालामा हुनेछ । यो खेलपछि नेपाली टोली श्रीलङ्का जानेछ ।
नेपाल र भारतबीचको खेल भदौ १८ मा श्रीलङ्काको कान्डीमा हुनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा नै हुनेछ । नेपालले गएको वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया