

आज पाँच प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना



काठमाण्डौ
आज पाँच प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौमसविद्ले बताएका छन् ।
मौसमविद् रोजन लामिछानेका अनुसार आज कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
सुदूरपश्चिम प्रदेशमा दिउँसो र कोशी, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशमा राति ठूलो पानी पर्ने उहाँले बताउनुभयो ।
अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो । काठमाण्डौसहित केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।
मनसुन सक्रियसँगै नेपालमा अहिले भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको र यसको प्रभाव अझै एक दुई दिन रहने मौसमविद्ले बताएका छन् ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया