

पछिल्लो तीन वर्षमा दुर्घटनामा परी लुम्बिनी प्रदेशमा १५ सय बढीको मृत्यु


बुटवल । सवारी दुर्घटनामा परी लुम्बिनी प्रदेशमा तीन वर्षमा १ हजार ५ सय ३६ जनाले ज्यान गुमाएका छन् । ३ हजार ५ जना गम्भीर घाइते भएको र प्रदेशमाका १२ जिल्लामा ३ हजार २ सय ६७ सवारी दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष ०७७र७८ मा १ हजार २ सय ११ सवारी दुर्घटनामा परी ५ सय २३ जनाको मृत्यु भएको थियो । सोही वर्ष १ हजार ८३ गम्भीर घाइते भएका थिए भने ७ सय ४० जना सामान्य घाइते भएका थिए ।
त्यस्तै, आर्थिक वर्ष ०७८र७९ मा १ हजार १ सय ६४ सवारी दुर्घटना भएका थिए । जसमा ५ सय ५१ जनाको मृत्यु भएको थियो । १ हजार १ सय २३ जना गम्भीर घाइते भएका छन् भने ५ सय ९७ जना सामान्य घाइते भएका थिए ।
पछिल्लो आर्थिक वर्ष ०७९र८० मा दुई आर्थिक वर्षको भन्दा सवारी दुर्घटनाको संख्या घटेको छ । आर्थिक वर्षमा ८ सय ९२ सवारी दुर्घटना हुँदा ४ सय ६२ जनाको मृत्यु भएको छ । घटनामा ७ सय ९९ जना गम्भीर घाइते र ४ सय ७७ जना सामान्य घाइते भएका छन् ।
पछिल्ला वर्ष सवारी दुर्घटना कम हुनुमा विभिन्न कारणमध्ये प्रहरीको सचेतना र कारबाही पनि एक रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रवक्ता डिएसपी होम थापाले बताए । उनले पछिल्लो समय दैनिक ट्राफिक जनसचेतना कार्यक्रम चलाएकाले दुर्घटनामा कमी ल्याउनुका साथै लापरबाही गर्नेलाई कारबाही गर्न पनि नचुकेको बताए ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया