
संसद्को अवरोध हटाउन राष्ट्रपतिको चासो, ओलीसँग छलफल

काठमाण्डाै
राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीबीच संसद्को अवरोधका बारेमा छलफल भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज बुधवार भएको भेटमा संसद्काे गतिरोधबारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले संसद्को गतिरोध खुलाउन चासो दिँदै एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको हो ।
राष्ट्रपतिको आमन्त्रणमा ओली शीतल निवास पुग्नुभएको हो । भेटमा राष्ट्रपति पौडेलले लामाे समय संसद् चल्न नसक्दा नागरिकमा नैराश्यता बढ्ने र संसद्प्रति नै नागरिकमा नकारात्मक प्रभाव पर्ने भएकाले संसद्को गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराउनुभएको छ ।
सुन तस्करीकाे विषयमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै एमालेले तीन हप्तादेखि सङ्घीय संसद् चल्न दिएको छैन । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई भेटेर संसद् सञ्चालन विषयमा सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो ।
यस्तै आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले संसद् सञ्चालनका लागि संवाद्लाई थप तीव्रता दिने निर्णय गरेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया