

कर्जाको माग बढाउन बैंकले ल्याए नयाँ योजना





लगानीयोग्य रकम (तरलता) थुप्रैदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजना अगाडि सार्न थालेका छन्। कर्जाको माग नै हुन नसकेपछि बैंकहरूले घर कर्जा तथा अटो कर्जातर्फ विभिन्न अफर ल्याएका हुन् ।
कर्जा लगानीका लागि योजना अगाडि सारे पनि व्यवसायीमा आत्मविश्वास बढ्न नसक्दा ऋण प्रवाहले लय समात्न सकेको छैन। पछिल्लो समय नविल कुमारी, नेपाल इन्भेष्टमेण्ट मेगालगायत बैंकले घर कर्जाका लागि विभिन्न अफर सार्वजनिक गरेका छन्। अन्य बैंक पनि यस्ता योजना ल्याउने तरखरमा छन् ।
बजारमा कर्जाको माग नै नहुँदा बैंकरहरू तनावमा छन्। राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा ५६ खभन्दा बढी निक्षेप छ। यसमध्ये वाणिज्य बैंकहरूसँग मात्रै ४९ खर्ब ३२ अर्ब रुपैयाँ छ ।
निक्षेप बढ्दै जाँदा कर्जा विस्तारको अवस्था निराशाजनक छ। बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपबाट ४८ खर्व ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। वाणिज्य बैंकहरूबाट ४२ खर्व ९३ अर्व रुपैयाँ कर्जा विस्तार भएको छ।
बैंकहरुको कर्जा निक्षेप अनुपात ८३.५८ प्रतिशत छ। यसअनुसार बैंकहरुसँग करिव ४ खर्बभन्दा बढी रकम लगानीयोग्य छ । बैंकिङ प्रणालीमा रकम थुप्रैदै गए पनि कर्जाको माग नवढेपछि निजी क्षेत्र, बैंक तथा सरकार सबै तनावमा छन्।
अर्थतन्त्र सुस्त बन्दै जाँदा मनोबल नबढेको भन्दै निजी क्षेत्रले यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्दै आइरहेको छ ।बैंकहरूले आधार दरमा ठूलो मार्जिन नै नराखी कर्जा प्रवाहका लागि विभिन्न स्किम ल्याइरहेका छन् ।
कतिपय बैंकको व्याजदर एकल अंकमै छ। साउनदेखि नै राष्ट्रिय वाणिज्य बैंकले ८.३४ प्रतिशतमा घर कर्जा दिइरहेको छ।
यो समाचार कारोबार दैनिकमा छ ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया