

सनातन हिन्दु राष्ट्रको लागि राप्रपा बाणगंगाद्धारा धार्मिक जलार्पण यात्रा



कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी बाणगंगा नगरसमितिले आज धार्मिक जलार्पण यात्रा कार्यक्रम गरेको छ । साउने सोमबारको आज अन्तिम सोमबारको अवसरमा राप्रपा बाणगंगाका आयोजना र प्रजातान्त्रिक युवा संगठन बाणगंगाका सह आयोजनामा कपिलवस्तुले लक्ष्मणघाट धाम देखि प्रकटेश्वर महादेव मन्दिर पिपरा सम्मको धार्मिक जलार्पण यात्रा गरिएको राप्रपाले जानकारी दिएको हो ।
हिन्दु धर्म र संस्कार अनुसार धार्मिक मठहरुको संरक्षण सँगै धार्मिक सह अस्तित्व कायम राख्ने उद्धेश्य सहित कार्यक्रम गरिएको राप्रपा केन्द्रिय सदस्य धुव्रबहादुर रायमाझीले जानकारी दिनुभयो । बाणगंगाको प्रसिद्ध लक्ष्मणघाट धामबाट राप्रपा नेता तथा कार्यक्रताहरुसहित समर्थक भक्तजनहरुले जल लिएर पिपरा स्थित प्रकटेश्वर महादेव मन्दिर सम्मको धार्मिक जलार्पण यात्रा गरका हुन ।
उक्त यात्रामा राप्रपा बाणगंगा नगर अध्यक्ष गिरीराज कंडेल, नगर प्रवक्ता तथा कार्यक्रम संयोजक भिम शाही, केन्द्रिय सदस्य धुव्र रायमाझी, राप्रपा जिल्ला अध्यक्ष नारायण बहादुर सिँह, संगठन विभाग प्रमूख राजेन्द्र विक्रम शाह लगाएतका नेता तथा कार्यक्रताहरुको सहभागिता थियो ।
सनातन हिन्दु राष्ट्रको लागि राप्रपा नगर समिति र युवक संगठन बाणगंगाद्धारा लक्ष्मणघाटबाट जल लिई पिपरा प्रकेट्श्वर महादेवको मन्दिरमा गाई जल अर्पण गरिएको राप्रपा बाणगंगाले जनाएको छ ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया