

शेयर बजार झन्डै १५ अङ्कले बढ्यो



काठमाण्डाै
हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ विन्दुमा पुगेको छ ।
आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स र अन्यबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै थ्री स्टार र अपर साङ्गे हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले तथा माउन्टेन इनर्जी नेपाल कम्पनीको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै घोराही सिमेन्ट इन्डस्ट्रीकाे शेयर १० प्रतिशतले ओरालो लागेको छ ।
आज दुई सय ७१ वटा कम्पनीका ९७ लाख १८ हजार कित्ता शेयर किनबेच भएका छन् । ९५ हजार नौ सय वटा कारोबारमा तीन अर्ब एक करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडको प्रमोटर शेयर ५८ करोड ४५ लाख रुपैयाँ र घोराही सिमेन्टको शेयर २३ करोड १५ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया