

डेंगी रोगका कारण पाल्पामा एक बालिकाको मृत्यु


पाल्पा । पाल्पामा एक बालिकाको डेंगी संक्रमणबाट मृत्यु भएको छ । स्याङजाको वालिङ नगरपालिका–११, आमडाँडा घर भई पाल्पाको तानसनेनस्थित युनाइेट मिसन अस्पतालमा उपचार गराएकी ११ महिनाकी बालिकाको डेंगी संक्रमणबाट मृत्यु भएको हो ।
बालिकाको उपचारका क्रममा मिसन अस्पतालमा बिहिबार मृत्यु भएको हो । मृतक बालिकामा शरीरमा सुख्खापन, झाडाबान्ता लगायत अन्य समस्या देखिएको र डेंगी परीक्षण गर्दा पोजिटिभ पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।
यसअघि तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमै उपचारका क्रममा आइतबार बेलुकी मृत्यु भएको थियो ।
यस्तै अहिले सम्म पाल्पामा विभिन्न अस्पतालमा गरी डेंगीबाट ७३ जना संक्रमित भइसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया