

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।
सूचना अधिकरी भुसालका अनुसार मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।
यस्तै बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको सूचना अधिकरी भुसालले बताए ।
बस त्रिवेणी गाउँपालिका-७ तिला रिचि गाउँ भन्ने ठाउँमा दुर्घटना भएको थियो । सडकदेखि करिब १५० मिटर तल खसेको उक्त बसमा १९ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया