

सिद्धबाबामा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजना घाइते



बुटवल
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडकको सिद्धबाबामा सडमाथिबाट ढुङ्गा खसेर जिपमा लाग्दा ३ जना घाइते भएका छन् । तिनाउ–३ सिद्धबाबा नजिकै हेडबक्सनिर गुडिरहेको जिपमाथि ढुङ्गा खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको अवस्थमा माथिबाट एक्कासी ढुङ्गा खस्दा लु २ च २८४९ नम्बरको जिप चालकसहित ३ जना घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । विहान करिब साढे ६ बजे घटना भएको हो । सडक भने हाल सुचारु नै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया