

भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश




एजेन्सी
भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ अन्तरिक्ष यानले चन्द्रमाको झण्डै दुई तिहाइ दूरी तय गरी हिजो सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको हो ।
इसरोले ट्विट गर्दै लेखेको छ ‘यो चन्द्रयान–३ हो । म चन्द्रमाको गुरुत्वाकर्षण महसुस गरिरहेको छु ।’ भारतले तेस्रो चन्द्र अन्वेषण अभियान चन्द्रयान–३ लाई गएको जुलाई १४ मा आन्ध्र प्रदेशको श्रीहरिकोटा सतीश धावन अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।
अमेरिका, चीन र रूसपछि चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्षयान अवतरण गर्ने र चन्द्रमाको सतहमा सुरक्षित र सफल अवतरणका लागि देशको क्षमता प्रदर्शन गर्ने भारत चौथो देश हो । अवतरण पछि, चन्द्रयान–३ ले एक चन्द्र दिनको लागि काम गर्नेछ ।
चन्द्रमाको एक दिन पृथ्वीको १४ दिन बराबर हुन्छ । भारतले पहिलो पटक सन् २००८ मा चन्द्रमातर्फ चन्द्रयान–१ पठाएको थियो । यो अभियानबाट चन्द्रमाको सतहमा पानीको अस्तित्व रहेको प्रमाणित गरिएको थियो ।
सन् २०१९ को शुरुतिर प्रक्षेपण गरिएको चन्द्रयान–२ चन्द्रमामा अवतरण हुन सकेको थिएन । भारतले चन्द्रयान–३ का लागि झन्डै ८ करोड डलर खर्च गरेको छ । भारतको अन्तरिक्ष कार्यक्रमका लागि १ दशमलव ५ अर्ब डलर बजेट छुट्याइएको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया