

वर्षेनी बढ्दै छन् आगलागीका घटना


नेपालगञ्ज । नेपालगञ्जमा आगलागीका घटना बर्सेनि बढ्दै गएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्यांकमा २०७९ मा ८० ठाउँमा आगलागी भएका छन् । त्यसअघि २०७८ मा ६१, २०७७ मा ६८ र २०७६ मा ७४ पटक आगलागी भएको थियो ।
आगलागीका घटना धेरैजसो विद्युत सट भएर भएका छन् । ८० वटामध्ये ३३ वटा घटना विद्युत सट भएर भएको छ।
नेपालगञ्जमा उपमहानगरपालिकामा तीन वटा दमकल छन् । सधैं तीन वटै चालु अवस्थामा रहेको भने बिरलै पाइन्छ। यहाँको दमकलले जिल्लाका अन्य पालिकामात्रै होइन, सीमावर्ती भारतीय बजारमा आगलागी हुँदा पनि सेवा दिने गरेको छ।
पछिल्लो ६ वर्षमा नेपालगञ्जको दमकलले भारतमा ११ पटक सेवा दिएको छ । सीमावर्ती भारतीय बजार रुपैडिहा आसपासमा हुने आगलागीमा नेपालगञ्जको दमकल जाने गरेको छ। जिल्लाभित्रका अन्य पालिकामा नेपालगञ्जसँग जोडिएको डुडुवा गाउँपालिकामा २६ पटक, जानकी गाउँपालिकामा २५ पटक, खजुरा गाउँपालिका र कोहलपुर नगरपालिकामा ९र९ पटक, राप्तीसोनारी गाउँपालिकामा ४ पटक र नरैनापुर गाउँपालिकामा ३ पटक नेपालगञ्जको दमकल पुगेको छ । बाँकेका आधाजसो गाउँपालिकामा आफ्नै दमकल रहेको छ।
नेपालगञ्ज बजारमा भने आगलागी हुँदा दमकल कर्मचारीलाई बढी सास्ती हुने गरेको छ । साँघुरो गल्ली भएकाले दमकल जाने ठाउँ छैनन् भने घनत्व बढी छ । त्यसो त दमकललाई पानी भर्ने समस्या छ।
नेपालगञ्ज उपमहानगरपालिकाले दमकलको दमकल नछिर्ने ठाउँमा छिटो पुग्न मोटरसाइकलको व्यवस्था गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए । आगलागी भएको ठाउँमा छिटो पुग्ने, मोटरसाइकलमा पाइप लगेर विछ्याउने र जाने ठाउँसम्म दमकल गरेर पानी फाल्ने व्यवस्था गर्दा छिटो आगो निभाउन सकिने रणनीति बनाइएको छ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया