

भारत वेस्ट इन्डिजसँग ४ रनले पराजित


काठमाण्डाै
घरेलु टाेली वेस्ट इन्डिजसँगकाे पहिलाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत ४ रनले पराजित भएकाे छ ।
वेस्ट इन्डिजले दिएकाे १ सय ५० रनकाे मध्यम लक्ष्य पछ्याएकाे भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रनमात्र बनाउन सक्याे । भारतलाई अन्तिम ओभरमा १० रन चाहिएकाेमा ५ रनमात्र बनाउन सक्याे । भारतका लागि तिलक वर्माले सर्वाधिक ३९ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका रोमारियो शेफर्ड, जेसन होल्डर र ओबेद म्याककोयले २/२ विकेट लिए ।
यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनायाे । वेस्ट इन्डिजका राेभमन पावलले ४८ र निकाेलस पुरनले ४१ रन बनाए । बलिङतर्फ भारतका अर्शदीप सिंह र युजवेन्द्र चाहलले २/२ विकेट लिए ।
याे जितसँगै पाँच खेलकाे टी–२० शृङ्खलामा वेस्ट इन्डिजले १–० काे अग्रता लिएकाे छ । यसअघि भएकाे ३ खेलकाे एकदिवसीय शृङ्खला भारतले २–१ ले जितेकाे थियाे । त्यसअघि भएकाे टेस्ट शृङ्खला पनि भारतले १–० ले जितेकाे थियाे ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया