

आखाँ रोग सम्बन्धि लायन्स कपिलवस्तुको विद्यालयहरुमा सचेतना कार्यक्रम


ईसाझाकुरा
पछिल्लो समय देशव्यापी बनेको आखाँ दुख्ने, पाक्ने रोग कपिलवस्तु जिल्लामा पनि फैलिएको छ । रोग सम्बन्धि कसरी बच्ने भन्ने बारे आज देखि लायन्स क्लव अफ कपिलवस्तुले वाणगंगा नगरपालिका भित्र रहेका विभिन्न विद्यालयहरुमा आखाँ रोग सम्बन्धि सचेतना मुलक कार्यक्रम आज देखि सुरुवात गरेको लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेले बताएका छन् । पछिल्लो समय फैलिएको रोगबाट विद्यार्थीहरुलाई यस बारे कसरी बच्ने, समस्या देखा परे के के गर्ने भन्ने बारे सचेतना फैलाएको कार्यक्रम संयोजक सन्दिप भट्टराईले बताएका छन् ।
आज (बिहीबार) देखि सुरु गरेको अभियान नगरभित्रका विभिन्न विद्यालयमा सञ्चालन गरीने क्लवका सचिव राम प्रसाद भुसालले बताएका छन् । सुरुका दिन नगरभित्रको ३ ओटा विद्यालयमा प्रशिक्षण गरीएको र शुक्रबार र आइतबार गरी नगरभित्रका विद्यालयलाई व्यापक रुपमा प्रशिक्षण गरीने र यसबारे बच्ने उपाय बारे समेत सचेतना तथा बच्ने उपाय बारे कार्यक्रमलाई तिव्र रुपमा प्रचार प्रसार गरीने क्लवका मिडिया संयोजक नवराज बेल्वासेले बताएका छन् ।
लायन्स क्लव अफ कपिलवस्तुको आयोजना, लियोे क्लव अफ कपिलबस्तुको सह – आयोजना तथा भैरव चश्मा पसल चार नम्बरको समन्वयमा कार्यक्रम सञ्चालनमा रहेको क्लवले जनाएको छ । ३ दिन सम्म आयोजना रहने कार्यक्रममा ६००० भन्दा बढी विद्यार्थीलाई सचेतना सम्बन्धि प्रशिक्षण गराउने क्लवले उदेश्य राखेको छ । आयोजित कार्यक्रम कार्यक्रम संयोजक तथा आखाँ विशेषज्ञ सन्दिप भट्टराइले प्रशिक्षण गर्नुभएको थियो ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया