

जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, हालसम्म १५ जनाको मृत्यु



टोकियो
यतितिबेला विश्वका अधिकांश देशले मौसमको सामना गरिरहेका छन् । कतिपय ठाउँमा भारी वर्षाले विपद्को कारण बनेको छ भने कतिपय ठाउँमा अत्यधिक गर्मीका कारण मानिसको ज्यान गएको छ ।
यस सन्दर्भमा दक्षिण कोरिया र जापान चर्को गर्मीको लहरको चपेटामा परेका छन्। दक्षिण कोरियामा गर्मीका कारण १२ जनाको ज्यान गएको छ भने जापानमा विद्यालयबाट फर्कने क्रममा १३ वर्षीया बालिकाको गर्मीमा मृत्यु भएको छ ।
दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले यो साता चर्को गर्मीका कारण ज्यान गुमाउनेमा ७० वर्षभन्दा माथिका पाँच जना किसान रहेको जनाएको छ । यसअघि गर्मीका कारण सात जनाको मृत्यु भइसकेको छ । पछिल्लो अवस्थालाई ध्यानमा राख्दै मंगलबार देशका अधिकांश भागमा गर्मीको लहरको चेतावनी जारी गरिएको थियो । समाचार अनुसार जुलाई महिनामा तापक्रम ४० डिग्री पुगेपछि मानिसहरु निकै चिन्तित भएका थिए ।
यस्तै मौसम जापानमा पनि छ । जसका कारण शुक्रबार १३ वर्षीया बालिकाको मृत्यु भएको थियो । मैनीचीको रिपोर्टका अनुसार उनी साइकलमा स्कूलबाट घर जाँदै थिइन्। त्यसपछि उनी बेहोस भइन् र फुटपाथमा लडेकी थिइन् । हतारमा उनलाई अस्पताल लगियो, जहाँ उनको मृत्यु भयो। बालिकाको मृत्युपछि अधिकारीहरूले उनको मृत्यु हीटस्ट्रोकका कारण भएको दाबी गरेका थिए ।
योसँगै टोकियोमा एक वृद्ध दम्पती आफ्नै घरमा मृत फेला परेपछि शुक्रबारदेखि मृत्यु हुनेको संख्या तीन पुगेको छ । सहरको तापक्रम ३५ दशमलव ७ डिग्री पुगेका र वातानुकूलित नभएकाले उनको मृत्यु हीटस्ट्रोकबाट भएको प्रहरीले अनुमान गरेको छ । उल्लेखनीय कुरा के छ भने जापान सरकारले सन् २०३० सम्ममा गर्मीका कारण मृत्यु हुनेको संख्या आधा गर्ने लक्ष्य राखेको छ ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया