

कपिलवस्तुमा आँखा पाक्ने रोगको प्रकोप





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुमा केही दिनदेखि गर्मी बढेसँगै आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ । मौसम परिवर्तन भएसँगै आँखा पाक्ने रोगको प्रकोप बढेको आँखा रोग विशेषज्ञहरूले बताएका छन् ।
शुरुका दिनमा बिरामीको आँखा रातो हुने, चिलाउने, आँसु बग्ने र घाममा हेर्न नमिल्नेजस्ता लक्ष्ण देखिने गरेको बाणगंगा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख ठगराज पौडेलले बताउनुभयो । विद्यालय र समुदायमा आँखा पाक्ने तथा आँखा रातो हुने बिरामीको सङ्ख्या बढ्दै गएकाले नगरका सबै वडाका स्वास्थ्य चौकीमा यसको रोकथामका लागि सचेतना फैलाउन र नागरिकलाई आँखाँको संक्रमणबाट बच्ने उपायबारे जानकारी गराउन आग्रह गरिउको उहाँले बताउनुभयो । नगरपालिकाका तर्फबाट तत्काल कुनै अभियान नरहेका कारण आफै सचेत रहन उहाँले आग्रह गर्नुभयो ।
बिरामीको आँखामा सङ्क्रमण बढ्दै जाँदा थप समस्या आउने भएकाले समयमा ध्यान दिन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । आँखा पाक्ने रोगबाट बढी विद्यार्थी र शिक्षक प्रभावित भएका छन् । बर्खाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगको सङ्क्रमण बढी हुने विज्ञहरू बताउँछन् ।
आँखा रातो हुने, चिलाउने वा चिपचिप गर्ने बित्तिकै आफूखुशी औषधी किनेर लगाउँदा आँखामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीको सुझावविना औषधि प्रयोग नगर्न डाक्टरको सुझाव छ ।
सङ्क्रमण विभिन्न कारणले हुने हुँदा सम्बन्धित अस्पतालमै गएर जाँच गराउनुपर्छ, आँखाको भाइरल एउटा परिवारमा देखिए सबैमा सर्न सक्ने भएकाले सरसफाइमा ख्याल गर्नुपर्छ । ढिला गरी उपचारमा आउँदा आँखाको नानीमा घाउ हुन्छ, त्यसले सधैँका लागि दृष्टि गुम्न पनि सक्छ । समयमा उपचार गरे तीन÷चार दिनभित्र निको हुन्छ ।
आँखामा समस्या देखिएको भए हातले आफ्नो आँखा नछुने, आफ्नो हात बारम्बार साबुन पानीले धुने, दैनिक सफा तौलिया र धुने कपडा प्रयोग गर्ने, तौलिया वा धुने कपडा साझा नबनाउने गरेमा रोग फैलन पाउँदैन । सन्क्रमित ब्यक्तिको कन्ट्याक्ट् बाट टाढा बस्ने, संक्रमित भैहाले स्वास्थ्यकर्मी लाई जांच गराउन चिकित्सकको सुझाव छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया