
चित्तलको सुकुटीसहित तीन जना पक्राउ

दाङ । प्रहरीले दाङमा १७ किलो चित्तलको सुकुटीसहित तीन जनालाई आइतबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–६ का ४५ वर्षीय नुरबहादुर कुमाल, गढवा गाउँपालिका–६ का ३० वर्षीय मनोज थापा मगर र ३१ वर्षीय करण केसी रहेका छन् ।
लमहीदेखि घोराहीतर्फ जाँदै गरेको रा २ प ६१९५ नम्बरको मोटरसाइकल र बा ९१ प ११०७ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–३ कुईरेपानीमा जाँच गर्दा बा ९१ प ११०७ नम्बरको मोटरसाइकल पछाडि सवार करण केसीले प्लास्टिकको जेब्रा झोलामा चितलको सुकुटी बोकेको भेटिएपछि सुकुटीसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताए ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको गौतमले जानकारी दिए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया