

चित्तलको सुकुटीसहित तीन जना पक्राउ



दाङ । प्रहरीले दाङमा १७ किलो चित्तलको सुकुटीसहित तीन जनालाई आइतबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–६ का ४५ वर्षीय नुरबहादुर कुमाल, गढवा गाउँपालिका–६ का ३० वर्षीय मनोज थापा मगर र ३१ वर्षीय करण केसी रहेका छन् ।
लमहीदेखि घोराहीतर्फ जाँदै गरेको रा २ प ६१९५ नम्बरको मोटरसाइकल र बा ९१ प ११०७ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–३ कुईरेपानीमा जाँच गर्दा बा ९१ प ११०७ नम्बरको मोटरसाइकल पछाडि सवार करण केसीले प्लास्टिकको जेब्रा झोलामा चितलको सुकुटी बोकेको भेटिएपछि सुकुटीसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताए ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको गौतमले जानकारी दिए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया