

ग्लोबल टी २० मा सन्दीपको जादुस्तेस्रोपटक जिते मोमेन्ट अफ द म्याचको पुरस्कार

काठमाडौं
क्यानाडामा जारी ग्लोबल टी २० नेपाली स्पिनर सन्दीप लामिछानेले आफ्नो उत्कृष्टता देखाइरहेका छन् । सर्रेका हरेक खेलमा उनको महत्वपूर्ण योगदान छ ।
आज राति भएको खेलमा सन्दीपले महत्वपूर्ण तीन विकेट लिँदै टिमलाई जित दिलाए । प्लेयर अफ द म्याचको अवार्ड पाउन नसके पनि सन्दीपले फेरि एकपटक मामेन्ट अफ द म्याचको पुरस्कार पाएका छन् । उनले एकै ओेभरमा दुई विकेट लिएर खेललाई सर्रेको पक्षमा ढल्काएका थिए ।
सन्दीपले यसअघि पनि दुई खेलमा मोमेन्ट अफ द म्याचको पुरस्कार पाइसकेका छन् । यो ५०० डलरको पुरस्कार हो । सर्रेको अर्को एउटा म्याच भने वर्षाका कारण रद्द भएको थियो ।
क्यानाडाको पिचमा सन्दीपका स्पिन झेल्न ओेभरसिज ब्याट्सम्यानहरूलाई हम्मे हम्मे परिरहेको छ । सन्दीपले सकिब अल हसन, कोलिन मुनरो, जेम्स निसामजस्ता दिग्गज ब्याट्सम्यानहरूको विकेट लिएर आफ्नो क्षमताको पुन: पुष्टि गरिसकेका छन् ।
सन्दीपले अहिलेसम्म चार खेलमा ७ विकेट लिएका छन्, जसमध्ये वर्षाले प्रभावित एक खेलमा उनले दुई ओभर मात्र बलिङ गर्न पाएका थिए । जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलको सूचीमा उनी तेस्रो स्थानमा छन् । उनी ग्लोबल टी २० को इतिहासमा सर्वाधिक विकेट लिने बलर पनि हुन् ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया