

रोल्पामा खोलाले बगाउँदा एक जनाको मृत्यु



रोल्पा । रोल्पामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार पश्चिमी रोल्पाको गंगादेव गाउँपालिका–५ लोदचौरस्थित फुलबारी जाने बाटोमा पर्ने काठको पुलमुनि ढुंग्री खोलाले बगाउँदा ५१ वर्षीय फौदबहादुर बुढाको ज्यान गएको हो । उनी गंगादेव गाउँपालिका–५ बथान गाउँका हुन् ।
कामकाजले उक्त बाटो हुँदै जाने क्रममा मृतकलाई माथिल्लो भागबाट बगाएर खोलाको पूर्वी छेउमा मछाइनोको ढलेको रुखमा अड्किएको अवस्थामा फेला पारिएको थियो ।
घटनाबारे सूचना पाएपछि प्रहरी चौकी पाखापानीबाट प्रहरी खटिएको रोल्पा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश भूसालले बताए । प्रहरीले मृतककी श्रीमती मनसरीलाई बोलाएपछि मात्रै शवको पहिचान भएको थियो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया