

नयाँ ऐन अनुसार बाँकेमा १६ सयले बनाए नागरिकता

नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मको आधारमा नागरिकता लिएकाहरूका सन्तानलाई एक हजार छ सय नागरिकता वितरण गरिसकेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले हालसम्म जन्मको आधारमा नागरिकता पाएकाहरूका एक हजार छ सयजना सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण गरिसकिएको बताउनुभयो ।
उहाँले जन्मको आधारमा नागरिकता लिएकाहरूको छोराछोरीलाई वंशजको नागरिकता वितरण सुरु गरिएपछि सेवाग्राहीको अत्यधिक भीड लाग्दा एक दिनमा सय जनालाई मात्र टोकन वितरण गरेर नागरिकताको कागजपत्र जम्मा गर्न थालेको जानकारी दिनुभयो ।
सुरुमा नागरिकता लिनेको भीड धेरै देखिए पनि टोकन प्रणाली सुरु भएसँगै बिस्तारै भीड घट्दै गएको र दैनिक सय जनालाई टोकन वितरण गरिएकोमा नागरिकता लिन आउने दैनिक ७० जनाको हाराहारीमा रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
जन्मको आधारमा नागरिकता पाएका नेपाली नागरिकका सन्तानलाई गत असार १० गतेबाट वंशजको आधारमा नागरिकता वितरण सुरु गरिएको थियो ।
प्रजिअ आचार्यका अनुसार टोकन प्रणाली सुरु गरिएपछि सेवाग्राहीलाई सहज भएको र सोबाट आफूले कहिले नागरिकता पाउने जानकारी हुने गरेकाले दिनदिनै प्रशासन धाउनुपर्ने बाध्यता हटेको छ ।
लामो प्रतीक्षापछि वंशजको नागरिकता पाएका जिल्लाका अधिकांश युवा निकै खुसी देखिएका छन् । जिल्ला प्रशासनका अनुसार बाँकेमा मात्रै १० हजार बढीले टोलीबाट जन्मको आधारमा नागरिकता लिएका थिए । उनीहरूका करिब २५ हजार सन्तानलाई वंशजको नाताले नागरिकता वितरण गर्नुपर्ने छ ।
गोरखापत्रबाट ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया