

युएई ‘ए’ बिरुद्ध नेपाल तीन विकेटले विजयी

काठमाण्डौ । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले यूएई ‘ए’ लाई ३ विकेटले हराएको छ ।
यूएईले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर भेटायो । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए । कुशल ४३ बलमा ७१ रन बनाएर आउट भए । यस्तै देव खनाल र सन्दीप जोराले समान २३ रन बनाए । बलिङतर्फ यूएईका मोहम्मद फराजुद्दिनले ५ विकेट लिए ।
यसअघि कोलम्बोमा टस जितेर ब्याटिङ गरेको यूएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदा अलआउट भयो । यूएईका लवप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ६ विकेट लिए । कुशलले १० ओभरमा ४० रन दिएर ६ विकेट लिए । यस्तै मौसम ढकालले २ तथा पवन सर्राफ र कुशल मल्ले १र१ विकेट लिए ।
प्रतियोगितामा नेपालको यो पहिलो जित हो । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ र दोस्रो खेलमा भारत ‘ए’ सँग पराजित भएको थियो ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया