

दाङमा बालकको मृत्यु भएपछि अस्पताल तनावग्रस्त



दाङ । उपचारका क्रममा बालकको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहिबारदेखि सुरू भएको तनाव शुक्रबारसम्म जारी छ । छारे रोगका बिरामी घोराही उपमहानगरपालिका(३ का ११ वर्षीय आक्रोश नेपालीको उपचारका क्रममा बिहीबार प्रतिष्ठानमा मृत्यु भएको थियो ।
एमआरआई गर्ने क्रममा स्वास्थ्यकर्मीको लापरबाहीका कारण बालकको ज्यान गएको आफन्तहरूको आरोप छ । अस्पतालको लापरबाहीका कारण बालकको ज्यान गएको भन्दै आफन्तहरूले शुक्रबार बिहानैदेखि अस्पताल परिसरमा विरोध प्रदर्शन गरिरहेका छन् । नेपालीको स्वास्थ्य समस्या बढेर मृत्यु भएको प्रतिष्ठानका रजिस्ट्रार प्रकाश थापाले बताए ।
नेपालीलाई अक्सिजन सिलिन्डरसहित एमआरआई कक्षमा लगिएकोमा एमआरआईको चुम्बकले सिलिन्डर तानेको थियो । सिलिन्डर एमआरआई मेसिनमा टाँसिन पुग्दा मेसिनमा क्षति पुगेको छ ।
यसबाट बालकलाई असर परेर मृत्यु भएको परिवारको दाबी छ । रजिस्ट्रार थापाले भने सिलिन्डरलाई चुम्बकले तानेको भए पनि बालकलाई कुनै पनि चोटपटक नलागेको बताए ।
प्रतिष्ठानमा निरन्तर प्रदर्शन भएपछि सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए । मृतकका आफन्तहरूसँग छलफल भइरहेको र घटनाबारे अध्ययन गर्न एक समिति बनाउने तयारी भइरहेको उनले बताए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया